नेपालमा धेरै एकदिवसीय क्रिकेट प्रतियोगिता हुनुपर्छ :सन्दीप

 जेठ १०, २०७५ बिहीबार १६:३८:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

जेठ ९ – नेपाली क्रिकेटका युवा स्टार सन्दीप लामिछानेले एक दिवसीय मान्यता पाएको अवस्थामा नेपालमा धेरैभन्दा धेरै एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजना हुनुपर्नेमा जोड दिएका छन् ।

नेपाली राष्ट्रिय टोली तथा इण्डियन प्रिमियर लिग क्रिकेटमार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका सन्दीपले घरेलु संरचना, क्रिकेट मैदान, उचित योजना र क्यालेन्डर बनाएमा क्रिकेटको विकास हुने बताए । ‘नयाँ प्रतिभा र भर्खरै नेपालका लागि डेब्यू गरेका खेलाडीहरुले यस्ता प्रतियोगिता खेल्नाले आत्मविश्वास बढ्नुका साथै एक अर्काका बारेमा जान्ने मौका पाइन्छ । जसले अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत सहयोग प्रदान गर्दछ,’ सन्दीपले भने ।

आउँदो आइतबारदेखि पहिलो पटक आयोजना हुन लागेको अन्तर प्रदेश एकदिवसीय क्रिकेट प्रतियोगितामा खेलाडीले पनि आफ्नो कमजोरी र बलियो पक्ष पहिल्याउने राम्रो माध्यम बन्न सक्ने बताए ।

घरेलु संचरना र प्रतियोगिताको अभावमा अहिलेसम्म राष्ट्रियस्तरको प्रतियोगिता खेल्ने मौका नपाएका सन्दीपले ओडीआई स्टेटस पाएपछि राष्ट्रिय खेलकुद परिषदले आयोजना गर्न लागेको प्रतियोगिता क्रिकेट खेलाडीका लागि यो ठूलो मौका भएको र क्रिकेटको संरचना फेरिँदै गएकोमा गर्व लागेको पनि बताए ।
उनले आयोजक, खेलाडी साथै सबै टिमलाई शुभकामना पनि दिए ।

प्रधानमन्त्री कप एक दिवसीय प्रतियोगिता जस्ता प्रतियोगिताहरु नियमित रुपमा हुने हो भने क्रिकेटमा आउन चाहने धेरैको भविष्यको खोज्ने माध्यम बन्न सक्ने सन्दीपको भनाई छ ।

राष्ट्रिय खेलकुद परिषदको आयोजनामा हुने प्रतियोगिताका खेलहरु त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान र मूलपानी मैदानमा हुनेछन् । प्रतियोगितामा सात प्रदेशका टिमसँगै तीन विभागीय गरी १० टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले २० लाख  रुपैयाँ पुरस्कार जित्नेछ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया