कोरोना भाइरसलाई मध्यनजर गर्दै चीनको घरेलु फुटबल लिग स्थगित

 माघ १७, २०७६ शुक्रबार १५:५:१ | उज्यालो सहकर्मी
unn.prixa.net

चीनमा निरन्तर फैलिरहेको कोरोना भाइरसका कारण चीनको घरेलु फुटबल लिग स्थगित गरिएको छ ।

कोरोना भाइरसको कारणले अहिलेसम्म १५० भन्दा धेरैको ज्यान गइसकेको बताइएको छ ।

चिनियाँ फुटबल संघको निर्देशनमा फुटबल लिग स्थगित गरिएको हो । चीनको घरेलु फुटबलले कोरोनासँगको लडाइँका लागि सहयोग अपिल समेत गरेकोे छ ।

बिहीबार फुटबल संघले सूचना जारी गर्दै लिग फेबु्रअरी २२ देखि सुरु हुने जानकारी दिएको छ ।

‘लिग सुरु गर्ने प्रतिकूल परिस्थिति नभएका कारण लिग स्थगित गरिएको छ र सम्पूर्ण फुटबल संघ कोरोनाविरुद्धको अभियानमा लागिरहेका छन्’, सूचनामा भनिएको छ ।

चीन कोरोनाविरुद्ध लडिरहेको छ र कोरोना भाइरसका कारण विश्व स्वास्थ्य संगठनले आपतकालको घोषणा गरिसकेको छ ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया