जान्हवी कपूर अभिनित चलचित्र ‘धडक’ को प्रदर्शन राम्रो, तीन दिनमा ३७ करोड व्यापार

 साउन ७, २०७५ सोमबार १६:५९:२१ | एजेन्सी
unn.prixa.net

इशान खट्टर र जान्हवी कपूरको फिल्म ‘धडक’ जुलाई २० बाट प्रदर्शन भैरहेको छ ।  फिल्म प्रदर्शन भएको तेस्रो दिनसम्ममा यस फिल्मले ३६.६७ करोडको व्यापार गरेको छ । 

फिल्म ‘धडक’ प्रदर्शन भएको पहिलो दिनमा ८.७१ करोड र दोस्रो दिन ११.४ करोडको व्यापार गरेको थियो । फिल्मले प्रदर्शन भएको तेस्रो दिनमा झनै राम्रो व्यापार गर्न सफल भएको छ । तेस्रो दिन १३.९२ करोड कमाउँदै आज सम्म ३६.६७ करोडको व्यापार गर्न सफल भएको छ । 

फिल्म समीक्षक तरण आदर्शका अनुसार ‘धडक’ मराठी ब्लकबस्टर फिल्म ‘सैराट’ को रिमेक भए पनि निर्माता करण जोहरको धर्मा प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको यस फिल्मलाई अन्तर्राष्ट्रिय स्तरका दर्शकलाई ध्यानमा राखेर नयाँ ढंगले प्रस्तुत गरिएको छ । 

‘धडक’ ले पहिलो दिनमा ८.७१ करोडको व्यापार गर्दै   धर्मा प्रोडक्शनले आफैले यसअघि निर्माण गरेको फिल्म ‘स्टुडेन्ट अफ् द इयर’ को रेकर्ड तोडेको छ । सन् २०१२ मा प्रदर्शित फिल्म ‘स्टुडेन्ट अफ् द इयर’ ले पहिलो दिनमा ८ करोडको व्यापार गरेको थियो । 

यसका अलावा फिल्म ‘धडक’ ले अभिनेता टाइगर श्राफको डेब्यू फिल्म ‘हिरोपन्थी’ अभिनेता सुरज पञ्चोली र अथिया शेट्टीको डेब्यू फिल्म ‘हिरो’ र अर्जुन कपूर र परिणिती चोपडाको डेब्यू फिल्म ‘इशकजादे’ लाई पनि पछि पारेको छ ।  यसअघि पहिलो दिनमा फिल्म ‘हिरोपन्थी’ ले ६.५१ करोड, ‘हिरो’  ले ६.६० करोड र ‘इशकजादे’ ले ६.४८ करोडको कमाएको थियो । 

बलिउड अभिनेत्री श्रीदेवीकी छोरी जान्हवी कपूरको यो डेब्यू फिल्म हो । जान्हवीले पहिलो फिल्मबाटै उनले दर्शकको  भरपुर साथ पाइरहेकी छिन् ।

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया