शेयर बजार दोहोरो अंकले बढ्यो

 साउन ७, २०७५ सोमबार १७:१०:२० | रासस
unn.prixa.net

काठमाडौँ - लगातार ओरालो लाग्दै आएको शेयर बजार आज दोहोरो अंकले बढेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२.८४ बिन्दुले बढेर एक हजार १९४ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.४६ बिन्दुले बढेर २५१.३२ बिन्दुमा पुगेको छ । 

आज कूल १५७ कम्पनीको छ लाख ५८ हजार २९२ कित्ता शेयर १८ करोड ६५ लाख २६ हजार ५३५  रुपैयाँ मूल्यमा खरिद बिक्री भएको छ । नेप्से परिसूचक बढे पनि कारोबार रकममा कमी आएको छ । आइतबार २१ करोड १२ लाख १३ हजार ८२८  रुपैयाँमा खरिद बिक्री भएको थियो । 

स्टकका अनुसार बैंकिङ ८.०६, होटल शून्य, विकास बैंक १५.८८, जलविद्युत् १९.०१, वित्त १.८, निर्जीवन बीमा १३३.५१, उत्पादन १०.९१, अन्य ९.६३, माइक्रोफाइनान्स ३५.४५ र बीमा ५४.८६ बिन्दुले बढेको छ । 
 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया