गौतमबुद्ध क्रिकेट रंगशालाई गल्छी गाउँपालिकाकाे बालुवा सहयोग

 माघ १८, २०७६ शनिबार १५:१३:४६ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ - चितवनमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाका लागि धादिङको गल्छी गाउँपालिकाले बालुवा सहयोग गरेको छ । 

गल्छी गाउँपालिकाले एक सय ट्रिप बालुवा र नेपाल टिप्पर तथा ट्रक व्यवसायी समितिले टिप्पर उपलब्ध गराएपछि शनिबार त्यति परिमाणकाे बालुवा रंगशाला लगिएको छ । 

गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठ, नेपाल टिप्पर तथा ट्रक व्यवसायी समितिका अध्यक्षसहितको टोलीले रंगशालाका लागि बालुवा हस्तान्तरणा गरेको हाे । 

राष्ट्रिय गौरवको आयोजना भएकोले एक सय टिप्पर बालुवा सहयोग गरेको हो । शनिबार बिहान धादिङबाट गएको टोलीले रंगशाला निर्माण स्थलमा पुगेर बालुवा हस्तान्तरण गरेको हो ।

। रंगशाला निर्माणका लागि गाउँपालिकामा उत्खनन गरिएकाे बालुवा सहयोग गरेको अध्यक्ष कृष्णहरि श्रेष्ठले बताउनुभयो । बालुवा पुर्‍याउनका लागि जनप्रतिनिधि, टिप्पर व्यवसायीलगायतको टोली चितवन गएको छ । गाउँपालिकाले सहयोग गरेको बालुवा नेपाल टिप्पर तथा ढुवानी व्यवसायी समितिले निु:शल्क ढुवानी गरेको छ ।

सुदिपा ट्रेडिङ कम्पनी प्रालिले कर छुटको व्यवस्था गरेको छ । राष्ट्रिय झण्डासहित ब्यानर हालेर ल्याइएकf ती टिप्परलाई धादिङको सिमानामा जोडिएको इच्द्धाकामना गाउँपालिकाकी अध्यक्ष गिता गुरुङले स्वागत गर्नुभएकाे थियाे भने भरतपुर महानगरपालिकाले आँपटारीबाट स्वागत गरेको थियो ।

धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिकाको वडा नम्बर १५ मा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिरहेको छ । सबैको सहयोग र समन्वयबाट निमार्णले गति लिएको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया