पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानकाे रिहाइ माग गर्दै हजारौंको ...
मंसिर ११, २०८१ मंगलबार
नेपाल भ्रमण वर्षलाई सफल तुल्याउने सन्दर्भमा अन्तर्राष्ट्रिय जगतमा नेपालको सकारात्मक छवि प्रस्तुत गर्न हालै जेनेभामा ‘नेपाल भ्रमण वर्ष २०२० : नेपाल–स्वीट्जरल्याण्ड दिगो पर्यटन प्रवर्द्धन’ शीर्षकमा छलफल आयोजना गरिएकाे छ ।
स्विस विकास सहयोग नियोग, परराष्ट्र मन्त्रालयको सङ्घीय विभाग तथा नेपालको विकासका साझेदार संस्था, गैरआवासीय नेपाली सङ्गठन, स्विस विद्वतवर्गलगायत १०० जनाको उपस्थितिमा भएको कार्यक्रममा सगरमाथा आरोहण गरेका र स्विजरल्याण्डमा ‘झिल्के दाइ’का उपनामले चिनिने क्लाउडियो पेरुयाचिनीले सगरमाथासहित आठ हजार मिटरभन्दा माथिका हिमालय आरोहण गरेको स्मरण सुनाउँदै एक पटक नेपाल भ्रमण गर्नैपर्ने उत्प्रेरणात्मक अभिव्यक्ति दिनुभएको जेनेभास्थित स्थायी नेपाली नियोगले जनाएको छ ।
त्यस अवसरमा जेनेभामा रहेकाे संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनहरुका लागि स्थायी नेपाली प्रतिनिधि मणिप्रसाद भट्टराईले जैविक, सांस्कृतिक, धार्मिक, विविधतायुक्त हिमालयको काखमा अवस्थित नेपाल भ्रमण गरेर जीवनभर भुल्न नसकिने अनुभूत गर्न आग्रह गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।