उखु किसान आन्दोनका लागि काठमाण्डौ जाने

 माघ २०, २०७६ सोमबार १२:२३:४८ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – सर्लाहीका उखु उत्पादक किसानहरु आन्दोलनका लागि फेरि काठमाण्डौ जाने भएका छन् । 

गएको पुष १८ गते सरकारसँग लिखित सहमति भएपछि घर फर्किएका किसानहरु सम्झौता अनुसार बक्यौता झुक्तानी नपाएपछि आन्दोलनका लागि फेरि काठमाण्डौ जान लागेका हुन् । 

उखु किसान सङ्घर्ष समितिले सर्लाहीले विज्ञप्ति निकालेर चैत १ गतेदेखि काठमाण्डौमा रिले अनशन सुरू गर्ने जानकारी गराएको हो । विज्ञप्तिमा फागुन मसान्तसम्ममा भुक्तानी नदिएमा चैत १ गतेबाट काठमाण्डौमा रिले अनशन गर्ने उल्लेख छ । 

सर्लाहीको अन्न्पूर्ण सुगर मिलले मात्रै किसानको झण्डै ४२ करोड भुक्तानी गर्न बाँकी रहेको किसानहरुले बताएका छन् ।  

अन्तिम अपडेट: बैशाख १०, २०८१

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया