नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानलाई १ सय ...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डौ – पश्चिमी केन्याको एउटा प्राथमिक विद्यालय अगाडि भागदौड हुँदा कम्तीमा १४ जना बालबालिकाको ज्यान गएको छ ।
भागदौडमा अन्य ४० जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर भएको अधिकारीहरुले बताएका छन् । सामान्य घाइते भएका केही विद्यार्थी भने उपचारपछि घर फर्किएका छन् ।
केन्याका शिक्षा मन्त्री जर्ज मागोहाले पनि १४ जना बालबालिकाको ज्यान गएको पुष्टि गरेका छन् । भागदौडलाई लिएर उनले भने, ‘विद्यार्थीहरुलाई गुमाउनु निकै दुःखदायी हो । आफ्ना बालबालिका गुमाउने अभिभावकप्रति मेरो समवेदना छ ।’
राजधानी नैरोबीबाट उत्तर दक्षिणमा पर्ने काकामेघा प्राथमिक विद्यालयका विद्यार्थी घर जाने तयारी गरिरहेका बेला भागदौड भएको हो । भागदौडको कारण अहिलेसम्म खुलेको छैन । यसबारेमा प्रहरीले अनुसन्धान थालेको छ ।
विद्यार्थीहरु साँघुरो भर्याङबाट तल झर्ने क्रममा कसैले ‘भर्याङ भत्कियो’ भनेर बताएको केही प्रतिवेदनमा भनिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।