काेराेना भाइरस : हङकङमा एक जनाकाे ज्यान गयाे

 माघ २१, २०७६ मंगलबार ११:५:९ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – हङकङमा पनि कोरोना भाइरसबाट सङ्क्रमित व्यक्तिको ज्यान गएको छ । 

चीनको वुहानबाट हङकङ पुगेका ३९ वर्षीय पुरुषको मङ्गलबार बिहान ज्यान गएको समाचार संस्था अल जजेराले जनाएको छ । योसँगै चीन बाहिर कोरोना सङ्क्रमितको ज्यान गएको यो दोस्रो घटना हो । 

यसअघि गएको आइतबार फिलिपिन्समा रहेका एक चिनियाँ पुरुषको ज्यान गएको थियो । अहिलेसम्म चीनमामात्र कोरोना सङ्क्रमित चार सय २५ जनाको ज्यान गैसकेको छ भने २० हजार चार सय ३८ जनामा सङ्क्रमण देखिएको छ । 

चीनमा तीव्ररुपमा फैलिरहेको कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या लगातार बढिरहेको छ । 

काेराेनाका कारण चीनमा मात्रै २० हजार चार सयभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । त्यस्तै हङकङमा फेरि १५ जना, मकाओमा आठ जना र ताइवानमा १० जनामा सङ्क्रमण देखिएको छ । 

चिनियाँ अधिकारीहरुका अनुसार कोरोना भाइरसका कारण चीनमा अहिलेसम्म कम्तीमा चार सय २५ जनाको ज्यान गैसकेको छ । ६ सय ३२ जना उपचारपछि ‘डिस्चार्ज’ भएको दाबी गरिएको छ ।

चीन बाहिर फिलिपिन्समा पनि केही दिनअघि एक जनाको ज्यान गैसकेको छ । विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा गरिसकेको छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया