एचआईभीविरुद्धको खोपको नतिजा सोचेअनुसार आएन : वैज्ञानिकहरु निराश

 माघ २१, २०७६ मंगलबार २०:५०:४५ | एजेन्सी
unn.prixa.net

एचआईभीविरुद्धको खोपको नतिजा सोचेअनुसारको नआएपछि वैज्ञानिकहरु निराश भएका छन् ।

एड्सको अवस्थामा पु्र्‍याउने एचआईभी भाइरसलाई रोक्ने ठानिएको एचआईभीएनएच ७०२ खोपको नतिजा सोचेअनुसार नआएको बीबीसीले जनाएको छ । दक्षिण अफ्रिकाका पाँच हजारभन्दा बढी व्यक्तिमा गरिएको खोपको परीक्षणको नतिजा सकारात्मक नआएपछि अमेरिकाको नेशनल इन्स्टिच्युट अफ हेल्थले खोपको परीक्षण रोकेको छ ।

परीक्षणमा खोपले एचआईभीको संक्रमण रोक्न नसकेको पाइएको हो । तर एचआईभीको संक्रमण रोक्ने खोपको खोजी अझै गरिरहने अनुसन्धानकर्ताले बताएका छन् ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया