देशभर गाडी दुर्घटनामा कमी, काठमाडौंमा भने वृद्धि

 साउन ८, २०७५ मंगलबार ६:३०:१ | रासस
unn.prixa.net

काठमाडौं - आर्थिक वर्ष २०७४/७५ मा देशभर गाडी दुर्घटनाबाट दुई हजार ३१८ जनाको ज्यान गएको छ  । 

आव २०७४/७५ मा नौ हजार ९८९  दुर्घटनाबाट ज्यान जानेमा पुरुष एक हजार ७१३, महिला ३६१, बालक १६० र बालिका ८४ छन् । यस्तै दुर्घटनामा तीन हजार ८०० जना गम्भीर घाइते र सात हजार ५१० सामान्य घाइते भएका छन् ।

ट्राफिक निर्देशनालयका प्रहरी उपरीक्षक मुकुन्द मरासिनी आव २०७३/७४ को तुलनामा आव २०७४÷७५ मा गाडी दुर्घटनामा कमी आएको बताउनुहुन्छ । उहाँका अनुसार आव २०७३/७४ मा दुई हजार ३८४ जनाको ज्यान गएको थियो । आव २०७३/७४ मा १० हजार १७८ दुर्घटना भएको थियो । 

चालकको लापरवाही, यात्रुको गल्ती, उछिन्ने काम, तीव्रगति, मादकपदार्थ सेवन, यान्त्रिक गडबडी, बढी गह्रुँगो सामानका कारण बढी दुर्घटना हुने मरासिनीको भनाइ छ । काठमाडौँ उपत्यकामा १९४, पूर्व क्षेत्र ५१०, मध्यक्षेत्र ६६६, पश्चिम क्षेत्र ५६७, मध्यपश्चिम क्षेत्र २५१ र सुदूरपश्चिम क्षेत्रमा १५६ जनाको ज्यान गएको छ । आव २०७२/७३ मा १० हजार १३ दुर्घटनामा दुई हजार छ तथा आव २०७१/७२ मा नौ हजार १४५ दुर्घटनामा दुई हजार चार जनाको ज्यान गएको थियो । निर्देशनालयका अनुसार मोटरसाइकल, ट्रक, टिपर, जीप, कार ट्रयाक्टर र टेम्पो बढी दुर्घटना हुने गरेको छ । 

काठमाडौं उपत्यकामा दुर्घटना वृद्धि 

ट्राफिक निर्देशनालयका अनुसार काठमाडौं, भक्तपुर र ललितपुरमा आव २०७३/७४ को तुलनामा आव २०७४/७५ मा  दुर्घटना बढेको छ । आव २०७३/७४ मा १८२ ज्यान गएकोमा आव २०७४/७५ मा १९४ जनाको ज्यान गएको छ । यस्तै आव २०७२/७३ मा १६६, आव २०७१/७२ मा १३३ र आव २०७०/०७१ मा १४३ जनाको ज्यान गएको थियो । 

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्त साँघुरो बाटो र तीव्र गतिका कारण उपत्यकामा धेरै दुर्घटना हुने गरेको बताउनुहुन्छ । “चालकलाई ट्राफिक ज्ञान नहुँदा उपत्यकामा दुर्घटना बढेको हो”, उहाँ भन्नुहुन्छ । 

दुर्घटनाको कारण 

लामो समयदेखि महानगरीय ट्राफिक प्रहरी महाशाखामा बसेर काम गर्नुभएका पूर्वप्रहरी उपरीक्षक जगतमान श्रेष्ठ मानवीय कारणअन्तर्गत तीव्र गतिमा सवारी चलाउनु र चालकको लापरवाहीका कारण बढी दुर्घटना हुने गरेको बताउनुहुन्छ । पच्चीस प्रतिशतभन्दा बढी दुर्घटना चालकको लापरवाहीका कारण हुने उहाँको भनाइ छ । यस्तै ७० प्रतिशत दुर्घटना घरको ४० किलोमिटर वरपर हुने गरेको छ । 

श्रेष्ठ तीव्र गतिलाई कम गर्न सके ३० देखि ४० प्रतिशत दुर्घटनामा कमी आउने बताउनुहुन्छ । “मादक पदार्थ सेवन गर्नेलाई ९मापसे० रोक्न सके चार देखि २४ प्रतिशत कम हुनसक्छ”, उहाँ भन्नुहुन्छ । 

काठमाडौँ उपत्यकामा हाल साना ठूला ११ लाख तथा देशभर झण्डै ३१ लाख सवारी साधन छन् । आर्थिक वर्ष २०७२/७३ मा नेपालको कालोपत्रे सडकको लम्बाइ १२ हजार ८९८ किलोमिटर छ । 
 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया