चीनकाे वुहानमा जन्मिएका शिशुमा ३० घण्टापछि काेराेनाकाे सङ्क्रमण देखियाे

 माघ २३, २०७६ बिहीबार ११:१४:४२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – चीनमा भर्खरै जन्मिएकाे शिशुमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएकाे छ ।

पहिलोपल्ट कोरोनाको बिरामी भेटिएको वुहानमा जन्मिएको शिशुमा ३० घण्टामा नै कोरोनाको सङ्क्रमण देखिएकाे हो । शिशुको आमा कोरोना सङ्क्रमित भए पनि शिशुमा कसरी सङ्क्रमित सरेको हो भन्ने बारेमा खुलेको छैन ।

उनी अहिलेसम्मकै कम उमेरका कोरोना सङ्क्रमित भएकाे बीबीसीले जनाएको छ । जन्मिएका बेला उनी तीन किलो २५ ग्रामका रहेका र अहिले स्वास्थ्य अवस्था स्थिर रहेको खबरमा उल्लेख छ । ती शिशुलाई अहिले डाक्टरको निगरानीमा राखिएको छ ।

गर्भमा रहेका बेलामा नै शिशु कोरोना सङ्क्रमित भएकाे अनुमान गरिएको छ । तर आमा कोरोना सङ्क्रमित भएकाले जन्मिएपछि आमाको नजिक हुँदा शिशुमा पनि सङ्क्रमण सरेको आशङ्का गरिएको छ । यसअघि दुई वर्षका बालकमा पनि कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको थियो ।

कोरोनाका कारण चीनमा अहिलेसम्म ५ सय ६३ जनाको ज्यान गैसकेको छ भने २८ हजार १८ जनामा सङ्क्रमण देखिएको छ । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया