'कोरोना भाइरस' बारे सबैभन्दा पहिला जानकारी दिने डाक्टरको कोरोनाकै कारण ज्यान गयो

 माघ २४, २०७६ शुक्रबार ७:१७:३४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – चीनमा कोरोना भाइरसको सङ्क्रमण खतरनाक हुनसक्ने भन्दै सबैभन्दा पहिलो पटक चेतावनी दिने डाक्टर ली वेनलियाङ्गकाे पनि कोरोनाकै कारण ज्यान गएको छ ।

वुहान केन्द्रीय अस्पतालका आँखा विशेषज्ञ ३४ वर्षीय डाक्टर वेनले गएको डिसेम्बर ३० तारिखमा केही बिरामीमा कोरोना भाइरस देखिएको जानकारी दिँदै यो खतरनाक हुनसक्ने बताएका थिए । तर चीनिया प्रहरीले उहाँलाई भ्रम नफैलाउन चेतावनी दिएको थियो ।

तर पछि चिकित्सक ली को भनाइ पुष्टि भएपछि चीनमा उनलाई समयमै कोरोनाबारे जानकारी दिएको भन्दै 'हिरो' काे रुपमा चर्चा गरिएको थियो । 

यो भाइरसको प्रकोपलाई नियन्त्रण गर्नका लागि चीनले अब केही कडा प्रतिबन्ध लागू गर्ने घोषणा गरेको छ । 

स्थानीय सञ्चारमाध्यमका अनुसार चीनका केही ठूला शहरहरुमा घरबाहिर साथमा भोजन गर्न रोक लगाइएको छ । केही ठूला भवनको लिफ्ट बन्द गरिएको छ । साथै कति जना व्यक्ति एकैसाथ बाहिर जान सक्छन् भनेर तोकिएको पनि छ । 

चीनका केही शहरमा मास्क समाप्त भएको समाचार पनि बाहिरिएका छन् । 

यसैबीच चीनमा कोरोना भाईरसबाट ज्यान गुमाउनेको सङ्ख्या ६ सय ३६ पुगेको छ ।

गएकाे २४ घण्टामा थप ७३ जनाको ज्यान गएपछि ज्यान गुमाउनेको सङ्ख्या ६ सय ३६ पुगेको चीनको स्वास्थ्य विभागले पुष्टि गरेको हो । यस्तै चीनमा ३१ हजार १ सय ६१ जनामा कोरोनाको सङ्क्रमण भएको पनि विभागले जनाएको छ । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया