यात्रु ठग्ने ट्याक्सी र कारलाई तीन हजार रुपैयाँ जरिवाना

 साउन ८, २०७५ मंगलबार ९:०:४७ | रासस
unn.prixa.net

काठमाडाैं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुलाई ठगी गर्ने ट्याक्सी तथा निजी कारलाई तीन हजार रुपैयाँ जरिवाना गरेको छ । 

महाशाखाको टोलीले साउन ४ देखि ७ गतेसम्म मिटर ट्याक्सी ठगी र निजी कार तथा जीपले भाडामा मानिस ओसारपसार गर्ने ५७ ट्याक्सी तथा निजी कारलाई कारबाही गरेको हो । 

महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले मिटर ट्याक्सीले बढी भाडा लिने तथा निजी कार तथा जीपले यात्रु ओसार्ने गरेको जनगुनासो महाशाखामा आएपछि महाशाखाले सादा पोशाकमा ट्राफिक प्रहरी खटाएर कारबाही गरेको जानकारी दिनुभयो । 

“साउन ४ गते १७, साउन ६ गते १९ र साउन ७ गते २१ ट्याक्सी, कार तथा जीपलाई कारबाही गरेका छौँ,– उहाँले भन्नुभयो । नेपाल मिटर ट्याक्सी व्यवसायी संघका अध्यक्ष अर्जुन गौतमले मिटरमा जान नमान्ने ट्याक्सीलाई कारबाही गर्नुपर्ने बताउनुभयो । “सरकारले मिटर ट्याक्सीको रकम बढाउन लाग्नुपर्छ र हरेक चालक मिटरमा जानुपर्छ,”– उहाँले भन्नुभयो । 

अध्यक्ष गौतमले कार र जीपले यात्रु बोक्न नपाउने बताउनुभयो । यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौँ उपत्यकामा मात्र १० हजार ६०० ट्याक्सी सञ्चालनमा रहेका छन् । 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Indra

    July 25, 2018, 5:21 a.m.

    Good job! There is massive exploitation (over charging) by Taxis operating from in front of Birendra Military Hospital Chhauni , close to swoyambhu. I was compelled to pay min of 1000.00 Rs number of times this year while bringing my sick mother from BMS to sinamangal. Unless you pay they do not move at all. The Ambulances affiliated with motherland hospitals at pepsi (sinamangal 32) also charged 1500.00 while bringing my sick mother from Motherland Hospital to BMS earlier. Hope the above situation is corrected.

  •  0 Reply

तपाईको प्रतिक्रिया