अख्तियारले षडयन्त्रपूर्ण तरीकाले मुद्दा चलाएकाले फिर्ता लिनुपर्छ : देउवा

 माघ २५, २०७६ शनिबार १८:२:१२ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना पार्टीका नेता विजयकुमार गच्छदारलाई षडयन्त्रपूर्ण तरिकाले अख्तियारले मुद्दा चलाएको आरोप लगाउँदै तत्काल मुद्दा फिर्ता लिन आग्रह गर्नुभएको छ ।

रामेछापको सदरमुकाम मन्थलीमा भएको कार्यक्रममा उहाँले सत्तारुढ पार्टीको निर्देशनमा अख्तियारले मुद्दा चलाएको आरोप लगाउनुभयो । ‘अख्तियारका कर्मचारीहरुले पनि नागरिकबाट उठेकै करबाट तलब खाने भएकाले उनीहरुले पार्टीको काम गर्ने हैन, पार्टीको निर्देशनमा नेता तथा कर्मचारीहरुलाई झुटो मुद्दा लगाएर दुःख दिने काम अख्तियारका हाकिम र कर्मचारीहरुले गर्न मिल्दैन’ देउवाले भन्नुभयो ।

कार्यक्रममा कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गच्छादारलाई मात्रै नभएर ललिता निवास जग्गा प्रकरणमा जोडिएका सबैलाई मुद्दा चलाउनुपर्ने बताउनुभयो । एउटै प्रकरणमा मुछिएका कसैलाई उन्मुक्ति दिनु र कसैलाई मुद्दा चलाइनु आपत्तिजनक भएको उहाँको भनाइ थियो । 

अन्तिम अपडेट: चैत १६, २०८०

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया