दाङमा चट्याङले खानेपानी वितरण गर्ने उपकरण जले : दश लाख रुपैयाँभन्दा बढीकाे क्षति

 माघ २६, २०७६ आइतबार १०:२२:१० | हेमराज शर्मा
unn.prixa.net

दाङ - शनिबार परेकाे चट्याङले दाङको घोराही उपमहानगरपालिका-१५ मा रहेको भरतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिमा जडान गरिएका उपकरण जलेका छन् ।

शनिबार दिउँसो हावाहुरी र पानीसगै परेको चट्याङले लागेर भरतपुर खानेपानी उपभोक्ता समितिको कार्यालयका रहेको विद्युत मिटरबक्स,विद्युतीय तार, ब्याट्री, कम्युटर,टेलिफोन, जेनेरेटर र तीन वटा डिप बोरिङमा जडान गरिएका मोटरहरु जलेका छन् ।

ती जलेका उपकरणकाे मूल्य १० लाख रुपैयाँभन्दा बढीका उपकरण जलेर नष्ट भएको भरतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष शंकर गौतमले जानकारी दिनुभयो ।

खानेपानीका तीन वटा मोटर जलेका कारण एक हप्तासम्म खानेपानी वितरण कार्य प्रभावित हुने र तीन दिनसम्म कार्यालयबाट प्रवाह गरिने महसुल जम्मा गर्ने लगायतका कम्युटरका माध्यमबाट हुने सेवा बन्द गरिएको अध्यक्ष गौतमले जानकारी दिनुभयो ।

नयाँ उपकरण खरिद गरी सेवा सुरु गर्नका लागि आइतबारदेखि नै काम थालिएको अध्यक्ष गौतमले जानकारी दिनुभयो । एउटा डिप बोरिङ मात्रै हाल सञ्चालनमा रहेका कारण उपभोक्ताको धारमा एक हप्तासम्म केहि मात्रै खानेपानी आउने उहाँको भनाइ छ ।

अन्तिम अपडेट: फागुन २८, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया