पालिका उपचुनावको प्रचारका लागि आज अन्तिम दिन, रातिदेखि मौन ...
मंसिर १३, २०८१ बिहिबार
जेठ ९ – दक्षिण अफ्रिकाका पूर्व कप्तान एबी डिभिलियर्स एक मात्र यस्ता कप्तान हुन् जसले आफनो एकदिवसीय करियरमा ५० पारीमा ५० भन्दा माथिको औसत तथा १०० भन्दा माथिको स्ट्राइक रेटमा ब्याटिङ गरेका छन् ।
भारतका पूर्व कप्तान महेन्द्रसिंह धोनीले पनि एबी डिभिलियर्सको नजिक पुग्दै ४२ पारीमा ५० भन्दा माथिको औसत तथा १०० भन्दा माथिको स्ट्राइक रेटमा ब्याटिङ गरेका छन् ।
डिभिलियर्सको न्यूनतम ४० बलको ओडीआईको सर्वाधिक छिटो इनिङ र न्यूनतम १०० बलको टेस्टको इनिङको स्ट्राइक रेटको अन्तर ३२४.१५ रहेको छ । यो आँकडा अन्य ब्याट्सम्यानहरुको तुलनामा सर्वोत्कृष्ट हो ।
सन् २०१५ मा वेष्ट इन्डिजविरुद्धको खेलमा ४४ बलमा १४९ रन बनाउँदा उनको स्ट्राइक रेट ३३८.६३ थियो । जबकी उनले भारत विरुद्धको २०१५ को टेस्ठटमा २९७ बलमा केबल ४३ रन बनाएका थिए जसको स्ट्राइक रेट १४.४८ रहेको थियो ।
४ नम्बर वा त्यो भन्दा अगाडि ब्याटिङ गर्न आउँदा डिभिलियर्सले सर्वोत्कृष्ट २१ ओडीआई शतक बनाएका छन् । हालसम्म ओडीआइको सर्वाधिक छिटो शतक ३१ बलको रहेको छ जुन डिभिलियर्सले वेष्ट इन्डिजविरुद्ध बनाएका थिए । १६ बलमा बनेको अर्धशतक तथा ६४ बलको १५० रनको रेकर्ड पनि डिभिलियर्सकै नाममा छ । टेस्ट तथा ओडीआईमा ५० भन्दा माथिको स्ट्राइक रेटमा ५००० भन्दा माथि रन बनाउने विश्वका दुई मात्र ब्याट्सम्यानमा विराट कोहली र एबी डिभिलियर्स पर्छन् ।
एबी डिभिलियर्स एक मात्र विकेटकीपर ब्याट्सम्यान हुन् जसले टेस्टमा १० भन्दा बढी खेलाडीलाई आउट पार्दै शतक पनि बनाएका थिए । उनले सन् २०१३ मा पाकिस्तान विरुद्ध यस्तो चामत्कारिक खेल देखाएका थिए ।
सन् २००८ यता टेस्टमा डिभिलियर्सको औसत ५७.६८ रहेको छ ।
डिभिलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटमा २० हजार १४ रन बनाएका छन् । २५ सय वा त्यसभन्दा माथि रन बनाउने विश्वका उत्कृष्ट ब्याट्सम्यानको सूचीमा पाँचौं नम्बरमा रहेका उनको टेस्ट औसत ६२.११ रहेको छ ।
पछिल्लो टेस्ट श्रृंखलामा रहेको उनको ७१.१६ को औसत पछिल्लो ३० वर्षमा आफनो अन्तिम श्रृंखलामा ३०० भन्दा माथि रन बनाउने ब्याट्सम्यानमध्ये दोस्रो नम्बरमा थियो ।
एक नम्बरमा भने वेष्ट इन्डिजका ब्रायन लाराले पाकिस्तानविरुद्ध बनाएको ८९.६० को औसत रहेको छ ।
-इएसपीएन क्रिक इन्फोबाट
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।