धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आउँदो ४ वर्षमा पाँच लाख रोजगारी सिर्जना गर्ने कार्ययोजना बनाएको छ । आर्थिक वर्ष २०७९/८० सम्ममा न्युनतम रोजगारीको प्रत्याभूति गराउने गरी मन्त्रालयले कार्ययोजना प्रस्तुत गरेको हो ।
सरकारले आव ०७५/७६ मा थप एक लाख रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ । आव ०७९/८० सम्ममा थप पाँच लाख रोजगार सिर्जना गर्ने कार्ययोजना बनाएको छ । श्रममन्त्री गोकर्ण विष्टले सात वटै प्रदेशका सामाजिक विकास मन्त्रीलाई आइतबार मन्त्रालयमा बोलाएर कार्ययोजना कार्यान्वयका लागि सहयोग गर्न आग्रह गर्नुभएको थियो ।
यसै आर्थिक वर्षमा न्युनतम रोजगारी प्रत्याभूति सहितको रोजगार कानुन तर्जुमा हुने गरी कार्ययोजना बनाइएको छ । साउन महिनाभित्रमा प्रधानमन्त्री कार्यालय र कानुन मन्त्रायलसँग सहकार्य गरेर न्यूनतम रोजगारी प्रत्याभूति सहितको रोजगार ऐनको तयार गर्न लागिएको हो ।
मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले प्रस्तुत गर्नुभएको कार्ययोजनामा कात्तिक महिनापछि ७५३ वटै स्थानीय तहमा रोजगार सूचना केन्द्र स्थापना गरेर सञ्चालन गरिने उल्लेख छ । त्यसका लागि संघमा रहेको ‘जब पोर्टल’ स्तरोन्नति गरी प्रदेश र स्थानीय तहसँग आवद्ध गरिनेछ ।
विधेयक तर्जुमाका लागि मन्त्रिपरिषद्को सैद्धान्तिक सहमति र स्वीकृति लिएपछि मस्यौदा कार्यदलको गठन गरेर साउनभित्र नै मस्यौदा तयार गरिनेछ । त्यस्तै भदौ महिनाभित्र मस्यौदा स्वीकृतिका लागि मन्त्रीपरिषदमा प्रस्तुत गर्ने र संसदबाट विधेयक स्वीकृती गरिने मन्त्रालयको कार्ययोजना छ ।
साउन र भदौ महिनाभित्रै प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यक्रम दस्तावेज तयार गर्ने कार्ययोजना रहेको छ । त्यसका लागि सरोकारवालाको संलग्नतामा कार्यदल गठन गरिने, छलफल, विज्ञको परामर्श सेवा, क्षेत्रगत रोजगारीका सम्भावनाको आंकलन, श्रम समितिको संसदीय समितिमा छलफल तथा कार्यक्रम दस्तावेजको तयारी र स्वीकृति गरिने छ ।
यति हुँदा कार्यक्रमको विस्तृत दस्तावेज तयार भएर कार्यान्वयनमा आउने मन्त्रालयको अपेक्षा छ । आव २०७९/८० मा विस्तृत कार्यक्रम दस्तावेज अनुरुप रोजगारीका कार्यक्रमहरु प्रभावकारी ढंगले सञ्चालन हुने गरी मन्त्रालय कार्ययोजना बनाएको हो । यही अवधिमा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका तर्जुमा गर्ने योजना पनि मन्त्रालयले बनाएको छ ।
कात्तिक महिनापछि प्रधानमन्त्री रोजगार कार्यक्रम सम्बन्धी सूचना सम्प्रेषण तथा प्रचारप्रसार गर्न प्रचारप्रसार सामाग्रीको उत्पादन, वेवसाइट बनाउने, रेडियो, टिभी, सामाजिक सञ्जाल तथा पत्रपत्रिका मार्फत प्रचारप्रसार गरिनेछ ।
रोजगार उपलब्ध नभएको अवस्थामा न्युनतम रोजगार प्रत्याभूतिको नगद हस्तान्तरण गरिने भएको छ । त्यसका लागि यसै आर्थिक वर्षको तेश्रो र चौंथो चौमासिकमा स्थानीय तहवाट रोजगारी प्राप्त हुन नसकेको संख्या यकिन गरी सूचि तयार गर्ने, जिल्ला दररेट अनुसार बैंकिङ प्रणालीबाट न्युनतम रोजगार प्रत्याभूतिको रकम भुक्तानी गर्ने अवस्था पत्ता लगाइने छ ।
मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले प्रस्तुत गर्नुभएको कार्ययोजनामा कात्तिक महिनापछि ७५३ वटै स्थानीय तहमा रोजगार सूचना केन्द्र स्थापना गरेर सञ्चालन गरिने उल्लेख छ । त्यसका लागि संघमा रहेको ‘जब पोर्टल’ स्तरोन्नति गरी प्रदेश र स्थानीय तहसँग आवद्ध गरिनेछ ।
अहिले भएका १४ वटा रोजगार सूचना केन्द्रमध्ये ७ वटा प्रदेश र ७ केन्द्र रहेकै स्थानीय तहलाई हस्तान्तरण गरिनेछ । रोजगार सूचना व्यवस्थापन अधिकृतको व्यवस्था गरी स्थानीय तहमा रोजगार सूचना केन्द्रको स्थापना गर्न कम्प्युटर, नेटवर्क आदि प्राविधिक सहयोग गरिनेछ ।
यसै आर्थिक वर्षमा बेरोजगारको सूचि तयार गरेर श्रमिक कार्ड वितरण गर्ने योजना मन्त्रालयले बनाएको छ । दर्ताको लागि सूचना आव्हान गरिने, नामावलीको पन्जिकरण र सूचि तयारी गरेर श्रमिक कार्ड वितरण गरिनेछ । स्थानीय तहले बेरोजगारको नाम दर्ता र सूचि तयारी गर्नेछन् ।
विषयगत क्षेत्रमा रोजगारीका परियोजना छनौट गरी रोजगारी सिर्जना गरिनेछ । कार्यक्रमको अभिमुखीकरणका लागि तालिम सञ्चालन गर्ने, स्थानीय तहको सहभागितामा प्रदेशस्तरीय अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने, स्थानीय तहमा रोजगारीका अवसरको आंकलन, रोजगार परियोजनाको छनौट र कार्यान्वयन गरिनेछ । यसका लागि स्थानीय तहसँग समझदारी गरेर लाभग्राहीहरुको नक्सांकन गर्ने कार्यक्रम छ ।
रोजगार उपलब्ध नभएको अवस्थामा न्युनतम रोजगार प्रत्याभूतिको नगद हस्तान्तरण गरिने भएको छ । त्यसका लागि यसै आर्थिक वर्षको तेश्रो र चौंथो चौमासिकमा स्थानीय तहवाट रोजगारी प्राप्त हुन नसकेको संख्या यकिन गरी सूचि तयार गर्ने, जिल्ला दररेट अनुसार बैंकिङ प्रणालीबाट न्युनतम रोजगार प्रत्याभूतिको रकम भुक्तानी गर्ने अवस्था पत्ता लगाइने छ । आव ०७९/८० देखि न्युनतम रोजगार बराबरको नगद नियमित रुपमा हस्तान्तरण गरिने छ ।
१) कृषि तथा पशु विकास – शीत भण्डार निर्माण, परम्परागत र प्लास्टिक पोखरी, कृषि उपजको संकलन तथा बेचविखन केन्द्र निर्माण तथा पर्ति जग्गामा खेती ।
२) ऊर्जा तथा सिंचाई – कुलो निर्माण, बाँध निर्माण, पैनी तथा नहर निर्माण तथा मर्मत सम्भार, जलविद्युत आयोजना ।
३) खानेपानी – मुहान संरक्षण, पाइप बिछ्याउने, ट्यांकी निर्माण, धारा निर्माण तथा सरसफाई, शौचालय निर्माण, कवाडी सामान संकलन र प्रशोधन तथा व्यवस्थापन ।
४) नदी नियन्त्रण सम्बन्धी कार्यहरु ।
५) वन र वातावरण – खाली जग्गामा फलफूलका विरूवा रोप्ने, सडकको दायाँवायाँ वृक्षारोपण, गैर काष्ठजन्य उत्पादन, व्यवसायिक वन रोपण, जडिबुटी खेती ।
६) पर्यटन प्रवर्द्धन – पदमार्ग निर्माण तथा होटल र रेष्टुरेण्ट व्यवसायको प्रर्वद्धन, पर्यटन मार्गमा सेड निर्माण र मर्मत संम्भार ।
७) सडक र यातायात – सडक निर्माण, बसपार्क निर्माण, पुल पुलेसा निर्माण र मर्मत सम्भार ।
८) शिक्षा र स्वास्थ्य – विद्यालय भवन निर्माण, स्वास्थ्य चौकि निर्माण तथा मर्मत सम्भार ।
९) युवा तथा खेलकूद – खेल मैदान, कवर्ड हल, स्टेडियम, स्वरोजगार ।
१०) पुननिर्माण – सार्वजनिक र निजी भवन निर्माण, पुरातात्वीक सम्पदाको पुनर्निर्माण ।
११) सामुदायिक पूर्वाधार निर्माण – पुस्तकालय र वाचनालय, जेष्ठ नागरिक क्लव, सामुदायिक भवन तथा मर्मत सम्भार ।
१२) ठूला तथा राष्ट्रिय गौरवका आयोजनाको स्थानीय स्तरमा हुने निर्माण तथा मर्मत सम्भार लगायतका काम (माटोको काम, ग्याबियन वाल, ढुंगा कुद्ने, नाली बनाउने) आदि ।
व्यवसायिक कृषिमा प्रेरणाको स्रोत बने गाउँपालिका अध्यक्ष, मासिक डेढ लाख आम्दानी
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
थेबे वैदेशिक रोजगार र यससँग जोडिएका सामाजिक विषयमा दख्खल राख्नुहुन्छ ।
Basudev Regmi
July 25, 2018, 8:39 a.m.देशमा रोजगारि सृजना गर्नु राम्रो हो । “समृद्ध नेपाल, सुखी नेपाली” अभियान त झनै राम्रो, तर रोजगार युवाहरुको वार्षिक आम्दानी एकल व्यक्तिलाई ३ लाख ५० हजार सम्म एक प्रतिशत आयकर लाग्ने कानून छ भने विहेगरेका श्रीमान श्रीमतीको सगोल आम्दानी ४ लाख सम्म सिमा तोकिएको छ । त्येसैमा छोराछोरी समेत हुँदा एकल व्यक्ति भन्दा कम्तीमा ३ गुना बढी आम्दानी आवश्यक पर्ने होईन र ? परिवार अनुुसार वार्षिक आम्दानीको दायरा बढाउने कानून संशोधन गर्नुपर्यो । सरकारलाई मेरो सुझाव ।
binod karki
July 25, 2018, 7:56 a.m.राेजगारीका अवसरका सूचनाहरुकाे सञ्जाल बेवसाइट बनाइृ वा सर्वसाधारणले थाहाजानकारी पाउने गरी स्थानिय स्तरमा सुचना तथा राेजगार केन्द्रकाे कार्यालय स्थापना गरी सूचना प्रवाह गर्नु पर्छ ।