चीन, मेक्सिको र क्यानडाबाट आयात हुने वस्तुमा थप शुल्क लगाउने ...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – आयरल्याण्डका ब्याट्सम्यान पउल स्टर्लिङ एभरेस्ट प्रिमियर लिग क्रिकेटका लागि चितवन टाइगर्समा आबद्ध भएका छन् ।
गएकाे वर्ष पनि चितवन टाइगर्सबाट खेलेका स्टर्लिङ दोस्रो सिजनमा पनि नेपाल आउन लागेका हुन् । अग्र पङ्तिका ब्याट्सम्यान स्टर्लिङको महत्वपूर्ण प्रदर्शनका कारण चितवन प्लेअफसम्म पुगेको थियो ।
स्टर्लिङ आयरल्याण्डका प्रमुख खेलाडी हुन् । गएकाे महिनामात्र उनले आयरल्याण्डलाई वेस्ट इण्डिजविरुद्ध टी–२० मा चार रनको जित दिलाउन ठूलो भूमिका खेलेका थिए । त्यस खेलमा स्टर्लिङले ४७ बलमा ६ चौका र ८ छक्काको प्रहार गर्दै ९५ रन बनाएका थिए ।
२९ वर्षीय स्टर्लिङले आयरल्याण्डबाट ३ टेस्ट, १ सय १७ एकदिवसीय अन्तर्राष्ट्रिय र ७५ टी–२० अन्तर्राष्ट्रिय खेलिसकेका छन् । टी–२० मा दुई हजारभन्दा बढी रन बनाउदा स्टर्लिङको स्ट्राइक रेट झण्डै १ सय ४० रहेको छ ।
स्टर्लिङले बङ्गलादेश प्रिमियर लिग, टी–१० लिग र इङ्ग्लिस काउन्टीअन्तर्गत मिडलसेक्सबाट पनि खेलिसकेका छन् ।
चितवन टाइगर्सले खेलाउन लागेका स्टर्लिङ दोस्रो टेस्ट खेल्ने खेलाडी हुन् । यसअघि नै चितवन टाइगर्सले अफगानिस्तानका आक्रामक ब्याट्सम्यान एवं विकेटकीपर मोहम्मद सेहजादलाई आबद्ध गरिसकेको छ ।
सोमपाल कामीलाई ट्रेडमार्फत लिएको चितवन टाइगर्सबाट कमलसिंह ऐरी, सागर ढकाल, शाहव आलम, दिलीपनाथ, ललितसिंह भण्डारी, इशान पाण्डे, आदिलखान, सन्दीप सुनार, भिम सार्की, खडक बोहोरा लगायतका खेलाडी खेल्दै छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।