नेपाललाई माैका : अमेरिकालाई हराउँदै घरेलु मैदानमा प्रतियाेगिताकाे सुखद् अन्त्य गर्ने अवसर !

 माघ २९, २०७६ बुधबार ६:५८:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले प्रतियोगिताको अन्तिम खेलमा बुधबार अमेरिकासँग खेल्दैछ ।

घरेलु मैदानमा भएकाे लिगमा सोचेको जस्तो प्रदर्शन गर्न नसकेको नेपाली टिम अन्तिम खेलमा जित निकाल्दै सुखद् अन्त्य गर्न चाहन्छ । याे प्रतियोगितामा नेपालले तीन खेलमा दुईमा हार र एकमा जित निकालेको छ ।

नेपाल पहिलो खेलमा ओमानसँग १८ रनको हार ब्यहोरेको थियो भने दोस्रो खेलमा अमेरिकालाई ३५ रनले हराएको थियो । त्यस्तै तेस्रो खेलमा नेपाल ओमानसँग आठ विकेटले पराजित भएको थियो ।

याे लिगमा नेपालको ओपनिङमा निकै समस्या देखिएको छ । यसका साथै नेपालको ब्याटिङलाइन–अपले पनि राम्रो गर्न सकेको छैन ।

नेपालका लागि अहिलेसम्म चार जना खेलाडीले अर्धशतक बनाएका छन् । जसमा युवा खेलाडी कुशल मल्ल, कप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर र विनोद भण्डारी रहेका छन् ।

बलिङमा करण केसी र सुशान भारी बाहेक अन्य बलरहरु पनि जम्न सकेका छैनन् । करणले प्रतियोगितामा तीन खेलमा आठ विकेट लिएका छन् । उनले ओमानविरुद्ध चार तथा अमेरिकाविरुद्ध चार विकेट लिएका थिए ।

अमेरिका पनि अन्तिम खेलमा नेपालसँग जित निकालेर प्रतियोगिताको सुखद् अन्त्य गर्ने लक्ष्यमा छ । नेपाल घरेलु मैदानमा अन्तिम खेलमा समर्थकलाई खुशी दिन चाहन्छ । 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया