प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
दाङ - सल्यानको कपुरकोटबाट बुटवलका लागि हिँडेको नेपाली सेनाको लु १ ग १२३ नम्बरको गाडी सल्यानको चोरखोलामा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् ।
कपुरकोट गाउँपालिका वडा नम्वर ३ मा रहेको चोरखोलामा भएको दुर्घटनामा ज्यान गुमाउनेमा २९ वर्षीय नेपाली सेनाका सिपाही यादवराज धरेलको ज्यान गएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा ३५ वर्षीय मेजर ईश्वर सिलवाल, जवान रोशन हिटन, हवल्दार जय प्रकाश बोहरा, मोहन बहादुर थापा, विशाल गुरुङ, विपिन श्रेष्ठ रहेका छन् । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगीले जानकारी दिनुभयो।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।