नेकपा एसकाे देशव्यापी समाजवादी अभियान शुरू
चैत २, २०८१ शनिबार
धनुषा – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतमा प्रदेश नं. २ सरकारले गरेको खर्च विवरणको सूचना नदिएपछि प्रदेश २ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयविरुद्ध राष्ट्रिय सूचना आयोगमा उजुरी परेको छ ।
धनुषाका उज्यालो सहकर्मी तथा पत्रकार शैलेन्द्र महतोले प्रदेश २ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमाथि कारबाही र सूचना उपलब्ध गराइदिन माग गर्दै राष्ट्रिय सूचना आयोगमा काठमाडौंमा मंगलबार उजुरी दर्ता गराएका हुन् ।
पत्रकार महतोले मंगलबार दर्ता गराएको उजुरीको दर्ता नं. ८२ रहेको आयोगले जनाएको छ ।
गएको वैशाख २८ गते जनकपुरमा भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको क्रममा प्रदेश नं. २ सरकारले उहाँको स्वागतसत्कारमा करोडौं रुपैयाँ खर्च गरेको थियो ।
तर मोदी भ्रमणको एक महिना बित्दा समेत प्रदेश सरकारले खर्च सार्वजनिक नगरेपछि पत्रकार महतोले सूचनाको हक प्रयोग गरेर खर्च विवरणको सूचना माग गर्दै प्रदेश २ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा गएको जेठ २९ गते निवेदन दर्ता गराउनु भएको थियो ।
सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा ३ बमोजिम माग गरेको सूचना समयावधि भित्र उपलब्ध नगराएपछि पत्रकार महतोले गएको असार २० गते सूचनाको हकसम्बन्धी नियमावलीको नियम २३ को उपनियम १ र २ बमोजिम मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका मुख्यसचिव राजेश्वरमान सिंहसमक्ष सूचना अधिकारीको कारबाही र सूचना उपलब्ध गराइदिन उजुरी दिनुभएको थियो । तर मुख्य सचिव सिंहले उजुरी लिँदै दर्ता गरेर पछि दर्ता नम्बर उपलब्ध गराउने आश्वासन दिनुभएको थियो ।
मुख्य सचिव सिंहले पछि उजुरीको दर्ता नम्बर र सूचना समेत उपलब्ध नगराएपछि पत्रकार महतोले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयविरुद्ध आयोगमा उजुरी गर्नुभएको हो ।
उजुरीमा पत्रकार महतोले सूचना उपलब्ध नगराउने मुख्य सचिव सिंहमाथि कारबाही र सूचना उपलब्ध गराई दिन समेत माग गर्नुभएको छ ।
उजुरी दर्ता गराएपछि पत्रकार महतोले अब राष्ट्रिय सूचना आयोगले सूचना पाउने मौलिक हकप्रति वेवास्ता गर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमाथि कारबाही हुने र आफूले सूचना समेत पाउने आशा पलाएको प्रतिक्रिया दिनुभयो ।
जनकपुरमा मोदी भ्रमणको दुई महिनाभन्दा बढी बित्दा समेत हालसम्म प्रदेश नं. २ सरकारले उहाँको स्वागतमा गरेको खर्च विवरण हालसम्म सार्वजनिक गरेको छैन ।
मोदीको स्वागतमा ७ करोड २० लाख खर्च भएको चर्चा भए पनि वास्तविक खर्च कति भएको छ भन्ने कुरा हालसम्म अन्योल नै छ ।
जसको कारण प्रदेश २ सरकारको चौतर्फी आलोचना भइरहेको छ भने प्रदेश २ का प्रतिपक्षी दल नेपाली कांग्रेसले कैयौं पटक प्रदेशसभा बैठक अवरुद्ध गर्दै मोदीको स्वागतमा भएको खर्च सार्वजनिक गर्न माग गर्दै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।