आईपीएल : १३ वर्षका खेलाडी एक करोड १० लाख भारुमा अनुबन्ध
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – पेरिस सेन्ट जर्मेइन (पीएसजी) फ्रेन्च कपको सेमिफाइनलमा प्रवेश गरेकाे छ । बुधबार राति भएको खेलबाट पीएसजीसँगै ओलम्पिक लियोन पनि अन्तिम चारमा स्थान बनाउन सफल भयो ।
डिजोनको मैदानमा भएको खेलमा पीएसजीले ६–१ को जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेकाे हो । पीएसजीको जितमा पाब्लो साराबियाले दुई गोल गरे भने दुई गोल आत्मघाती भएको थियो । अन्य दुई गोल केलियन एमबाप्पे र थियागो सिल्भाले गरे ।
खेलको ४७ सेकेण्डमै डिजोनका वेस्ले लउटोआले आत्मघाती गोल गर्दा पीएसजीले अग्रता लिएको थियो । १३औँ मिनेटमा मुनिस चुइआरले गाेल गर्दै डिजाेनलाई बराबरीमा पुर्याए ।
पहिलो हाफमा इडिन्सन काभानीको प्रहार गोल भए पनि भीएआरले त्यसलाई मान्यता दिएन । पहिलो हाफ सकिनु एक मिनेटअघि केलियन एमबाप्पेले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए ।
५०औँ मिनेटमा थियागो सिल्भाले गोल गर्दै पीएसजीको अन्तर तीन–एकमा लम्ब्याए । त्यसको पाँच मिनेटपछि पाब्लो साराबियाले गोल गर्दै पीएसजीलाई चार–एककाे अग्रता दिलाए ।
८६औँ मिनेटमा सिनु कउलीबालेले अर्को आत्मघाती गोल गरे । इन्ज्युरी समयमा साराबियाले गोल गरेपछि पीएसजीले सहज जित निकालेको हो ।
अर्को खेलमा ओलम्पिक लियोनले ओलम्पिक मार्सेलाई हराएको छ । होसिम अउबारको दोस्रो हाफको गोल निर्णायक बन्दा लियोनले मार्सेमाथि एक–शून्यकाे जित निकाल्दै सेमिफाइनलमा पुग्यो ।
अउवारले खेलको ८१औँ मिनेटमा गोल गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।