जुमानु राईकाे ह्याट्रिकमा पुलिसकाे जित

 फागुन १, २०७६ बिहिबार ११:४९:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत अन्तिम चरणको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ ।

याे संस्करणकाे लिगमा छैटौँ जित निकालेको पुलिस २० अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ । अब जावलाखेल र मनाङको अन्तिम खेलले पुलिसको पनि तालिकामा पाँचौँ या छैटौँ स्थानमा रहने पक्का गर्नेछ ।

एन्फा मैदानमा भएको खेलमा पुलिसले फ्रेण्ड्स क्लबलाई तीन–शून्य गोल अन्तरले पराजित गरेको हो । पुलिसको जीतमा जुमानु राईले ह्याट्रिक गरे । जुमानु याे संस्करणकाे लिगमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी समेत बने ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा पुलिसका लागि जुमानुले तीन गोल नै दोस्रो हाफमा गरेका थिए । उनले ४९, ५६ र ८६औँ मिनेटमा गोल गर्दै ह्याट्रिक गरे ।

याे खेलमा पराजित भएको फ्रेण्ड्स १४ अङ्कसहित १०औँ स्थानमा छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया