रुकुम पश्चिमका तीन पसलमा आगलागी, ४० लाख बराबरको क्षति

 फागुन १, २०७६ बिहिबार १५:२०:१९ | राजु लामिछाने
unn.prixa.net

रुकुम - रुकुम पश्चिमको जिल्ला सदरमुकाम खलङ्गाकाे मुसीकोट नगरपालिका-१ का तीन पसलमा आगलागी भएको छ ।

बुधबार राति भएको आगलागीबाट झण्डै ४० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । राति पौने ११ बजे सुरु भएको आगो बिहीबार बिहान २ बजे मात्रै नियन्त्रणमा आएको थियाे ।

बजारवासी, सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरी लगायतको सक्रियतामा आगो नियन्त्रणमा लिइएकाे थियाे । आगलागीबाट साईकुमारी स्टेशनरी, आमा कपडा पसल र हिमालय फेन्सी पसलको सम्पूर्ण सामाग्री जलेको छ भने घरमा समेत क्षति पुगेको छ । 

जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले प्रारम्भिक अनुसन्धानबाट ४० लाख बराबरको क्षति भएको र विस्तृत विवरण आउन बाँकी रहेकाे जानकारी दिनुभयाे । आगो किन र कसरी लाग्यो भन्नेबारे अनुसन्धान भैरहेकाे उहाँले बताउनुभयाे । 

अन्तिम अपडेट: चैत २९, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया