पछिल्ला दुई वर्षमा दण्डहीनता बढेको छ : अध्यक्ष शर्मा

 फागुन १, २०७६ बिहिबार १४:१६:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले पछिल्ला २ वर्षमा दण्डहीनता बढेको बताउनुभएको छ ।

सुरक्षा निकायकै तथ्याङ हेर्दा २ वर्षयता हिंसाका घटना बढेको भन्दै उहाँले सरकारले नियन्त्रण गर्न नसकेको बताउनुभयो । विश्व रेडियो दिवसको अवसरमा ललितपुरमा भएको कार्यक्रममा आयोगका अध्यक्ष शर्माले आयोगमा १० वटा गैरन्यायिक हत्याका घटनाबारे उजुरी आएको जानकारी दिनुभयो ।

अनुसन्धान र अपराध नियन्त्रण गर्नेले दोषीलाई समातेर प्रमाण जुटाउनुको सट्टा गोली हान्नु अझ दुखद भएको उहाँको भनाइ छ । निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न दोषी पत्ता नलाग्नुले पनि दण्डहीनताको अवस्था उजागर गरेको शर्माले बताउनुभयो । उहाँले सीमान्तकृत जातजातिको हक अधिकार कायम गर्न नसक्नु, छुवाछुतका घटना रोकिनुको सट्टा बढ्दै जानुले मानव अधिकारको सुनिश्चितता हुन नसकेको उल्लेख गर्नुभयो ।

संविधानले मौलिक हक र मानव अधिकारको ग्यारेन्टी गरे पनि कार्यान्वयन हुन नसकेको उहाँको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया