एन्फा महिला लिग फुटबल : पुलिस र बागमतीको खेल बराबरीमा

 माघ ५, २०८१ शनिबार १४:५२:२० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एन्फा

काठमाण्डौ – एन्फा महिला लिग फुटबलमा आज नेपाल पुलिस क्लब र बागमती युथ क्लबले बराबरी खेलेका छन् । एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा भएको खेलमा दुबै टाेलीबाट गोल हुन नसकेपछि खेल बराबरीमा सकिएको हो ।

प्रतियोगिताको शीर्ष स्थानमा सशस्त्र प्रहरी बलको एपीएफ, दोस्रो स्थानको त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले प्लेअफमा स्थान बनाइसकेका छन् । प्लेअफ पुग्ने चौथो टोलीका लागि बागमती युथ क्लब र वालिङ प्रतिस्पर्धामा छन् ।

एन्फा महिला लिगको पहिलो चरणमा १० टोली रहेकामा दोस्रो चरणमा पाँच वटा टोली पुगेका हुन् ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया