जनतालाई सु-सूचित गराउन सामुदायिक रेडियोले महत्वपूर्ण भूमिका निभाएका छन् : नेता खनाल

 फागुन १, २०७६ बिहिबार १४:५७:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनालले जनतालाई आफ्ना हकअधिकारका विषयमा सु-सूचित गराउन सामुदायिक रेडियोले महत्वपूर्ण भूमिका निभाएको बताउनुभयो । 

नवौँ विश्व रेडियो दिवसको अवसरमा आयोजित कार्यक्रममा नेता खनालले रेडियोले सूचनाको हक, समानताको हक, लोकतान्त्रिक हकको सन्दर्भमा जनतालाई सु-सूचित गराएको बताउनुभयो । 

प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि आफूले निर्वाह गर्नुपर्ने भूमिकाका लागि प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । नेपाली कांग्रेसकी नेतृ पुष्पा भूसालले महिला, दलित जनजाति, पिछडिएका समुदायका अधिकार संविधानमा उल्लेख भए पनि व्यवहारमा लागू हुन नसकेको बताउनुभयो । 

संविधानले दिएका अधिकारहरुको स्थापनाका लागि सामुदायिक रेडियोहरुको भूमिका महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया