मेस्सीका कारण आफूले राम्राे गर्न नसकेकाे बार्सिलाेनाका स्ट्राइकर ग्रिजम्यानकाे भनाइ

 फागुन १, २०७६ बिहिबार १५:३९:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिश क्लब बार्सिलोनाका नयाँ स्ट्राइकर एन्टोएन ग्रिजम्यानले मेस्सीका कारण आफूले राम्राे गर्न नसकेकाे आरोप लगाएका छन् । ग्रिजम्यान लामो समयदेखि बार्सिलोनामा संघर्ष गरिरहेका छन् भने उनले उत्कृष्ट प्रदर्शन गर्न सकेका छैनन् ।

ग्रिजम्यान एट्लेटिको मड्रिडबाट गत सिजनको अन्त्यमा १२० मिलयन पाउन्डमा बार्सिलोना आएका थिए । 

ग्रिजम्यानका अनुसार फ्रान्सले २०१८ को विश्वकप जितेको कुरालाई लिएर मेस्सी उनीसँग रुष्ट छन् । उनले मेस्सीमाथि आरोप लगाउँदै उनलाई आफूदेखि इर्ष्या लागेको समेत बताएका छन् ।

‘उनीहरु कोही पनि मलाई गलत भन्न सक्दैनन् । म संघर्ष गर्न छाड्ने छैन र मुस्कुराउन पनि छाड्ने छैन’, ग्रिजम्यानले भने ।

बार्सिलोनामा आएदेखि मेस्सी र ग्रिजम्यानको सम्बन्ध राम्रो नभएको बताइए पनि मैदानमा भने दुई खेलाडीको सम्बन्ध राम्रै भएको देखिन्छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया