टर्कीका सुुरक्षाकर्मीले गरेकाे आक्रमणमा ५५ सिरियाली सैनिक मारिए

 फागुन १, २०७६ बिहिबार १९:५२:५१ | रासस
unn.prixa.net

काठमाण्डौ - टर्कीका सुरक्षाकर्मीहरुले सिरियाको दक्षिणपूर्वी प्रान्त इदलिबमा गरेको आक्रमणमा ५५ सिरियाली सुरक्षाकर्मीको ज्यान गएकाे छ । सिरियाको दक्षिणपूर्वी प्रान्त इदलिबमा भएको घटनामा परेर उनीहरु मारिएको टर्कीका अधिकारीले बिहीबार जानकारी दिएका छन् । 

 ‘हाम्रा श्रोत तथा संयन्त्रहरूमार्फत हामीलाई प्राप्त पछिल्लो जानकारी अनुसार इदलिब क्षेत्रमा भएको पछिल्लो घटनामा परी कम्तीमा ५५ जना मारिएका छन्,    ’ टर्कीको रक्षा मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । 

टर्कीका राष्ट्रपति रेचेप तैयप अर्दोआनले सिरियाली सेनाले निहुँ खोजेमा प्रतिआक्रमण गर्ने चेतावनी दिएको भोलिपल्ट यो घटना भएको हो । आफ्नो देशका सुरक्षाकर्मीहरूलाई सिरियाली सुरक्षाकर्मीले आक्रमण गरेमा वा दुःख दिएमा आफूहरूले पनि आक्रमण गर्ने उहाँले चेतावनी दिनुभएको थियो ।
 
टर्कीका सुरक्षाकर्मीविरुद्ध फेरी अर्को आक्रमण भए कुनै सङ्कोचबिना टर्कीका सुरक्षाकर्मीहरूले सिरियाका सुरक्षाकर्मीहरूलाई आक्रमण गर्ने उहाँको भनाइ थियो ।सिरियाको इदलिब प्रान्तमा केही हप्तादेखि दुई देशका सुरक्षाकर्मीबीचमा विवाद तथा सङ्घर्ष चलिरहेको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया