बाइसाइकल किक, पेनाल्टी गाेल : राेनाल्डाेले युभेन्टसलाई फेरि हारबाट जाेगाए

 फागुन २, २०७६ शुक्रबार ६:४७:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – क्रिस्टियानाे रोनाल्डोले इन्ज्युरी समयमा गोल गर्दा काेपा इटालियामा युभेन्टस हारबाट जोगिएको छ । एसी मिलानको मैदानमा भएको सेमिफाइनलको पहिलो लेगमा युभेन्टसले घरेलु टोलीलाई बराबरीमा रोक्न सफल भएको हो ।

खेलको अन्तिम समयमा रोनाल्डोको 'एक्रोब्याटिक शट' डेभिड कालाब्रियाको हातमा लागेको थियो । सुरुमा रेफ्रीले पेनाल्टी नदिए पनि त्यसलाई 'रिभ्यु' गरेपछि पेनाल्टी दिएका थिए । जसलाई रोनाल्डोले गोलमा परिणत गरे ।

यो गोलका कारण युभेन्टस लगातार तीन हारबाट जोगिएको छ । यसअघि युभेन्टस नापोली र हेल्लास भेरोनासँग पराजित भएको थियो ।

पहिलो हाफ गोलरहित बनेको खेलको ६१औँ मिनेटमा अन्ते रेबिकले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । ७१औँ मिनेटमा थियो हर्नाण्डेज रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि मिलान १० खेलाडीमा सीमित बनेको थियो ।

त्यसअघि युभेन्टसका 'भेटरान' कप्तान जियानलुगी बुफनले उत्कृष्ट प्रदर्शन गरे । उनले रेबिक र हर्नाण्डेजको उत्कृष्ट प्रहार एक हातले बचाएका थिए । त्यस्तै ज्लाटन इब्राहिमोभिचको प्रहार पनि उनले मुश्किलले बचाएका थिए ।

अब यी दुईबीचकाे दाेस्राे सेमिफाइनल लेग आउँदाे मार्च ५ मा हुनेछ । 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया