मेस्सी सबैभन्दा उत्कृष्ट हुन्, तर अब मलाई क्रिस्टियानो रोनाल्डोको साथमा खेल्ने इच्छा छ : राकिटिक

 फागुन २, २०७६ शुक्रबार १४:४३:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

बार्सिलोनाका मिडफिल्डर इभान राकिटिकले आफू युभेन्टस तथा पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोको साथमा खेल्न चाहेको बताएका छन् ।

आफ्नो भविष्यबारे सोधिएको एक प्रश्नमा उनले मेस्सी सबैभन्दा उत्कृष्ट भएको र अब आफूले रोनाल्डोको साथमा खेल्न चाहेको बताएका थिए ।

‘मेस्सी वास्तवमा नै उत्कृष्ट खेलाडी हुन् । मेस्सी विगत १५ वर्षदेखि उत्कृष्ट खेलाडी रहँदै आएका छन् र उनीसँग रहेर खेल्न पाउनु कुनै पनि खेलाडीको भाग्यको कुरा हो । मैले गएकाे ६ वर्ष उनीसँग खेलेर बिताएको पत्तै भएन’ राकिटिकले मेस्सीबारे बोल्दै भने ।

साथै उनले नेयमारको बारेमा बोल्दै नेयमार खुसी खोज्दै पीएसजी पुगेको र उनी पनि उत्कृष्ट खेलाडी भएको बताए । राकिटिले युभेन्टसका स्टार रोनाल्डो इतिहासकै उत्कृष्ट खेलाडीमध्ये एक भएको बताए ।

‘हामी रोनाल्डोलाई हेरेर मनोरञ्जन लिन सक्छौँ र उनी भएका कारण युभेन्टस अहिले यस स्थानमा छ । उनी इतिहासकै उत्कृष्ट खेलाडीमध्ये एक हुन्’, राकिटlकले अन्त्यमा भने ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया