नाइजेरियामा ‘लासा’ ज्वरोबाट ७० को ज्यान गयाे

 फागुन २, २०७६ शुक्रबार १५:४:२१ | रासस
unn.prixa.net

काठमाण्डौ - नाइजेरियामा ‘लासा’ नाम दिइएको ज्वरोबाट ज्यान गुमाउनेको सङ्ख्या झण्डै ७० पुगेको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । 

उनीहरुका अनुसार नाइजेरियाको रोग नियन्त्रण केन्द्रले ज्वरोबाट ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने जनाएको छ । ज्वरोको प्रकोप प्रतिदिन बढ्दो मात्रामा रहेको पनि बताइएको छ । 

यस ज्वरोबाट सङ्क्रमित भएर अस्पताल भर्ना भएका व्यक्तिको सङ्ख्या ४७२ जना रहेको छ । यसबाट यहाँको जनघनत्व बढी भएको यस अफ्रिकन देश नाइजेरियामा धेरै नागरिक प्रभावित भएको पाइएको समाचारमा जनाइएको छ । 

यस ज्वरोबाट देशका ३६ मध्येका झण्डै २३ वटा प्रान्तका नागरिक प्रभावित भएको पाइएको अधिकारीलेहरुले जानकारी दिएका छन् । देशको दक्षिण भागमा पर्ने इबोन्यी, इदो र ओदो प्रान्तका व्यक्तिहरु यस ज्वरोबाट बढी प्रभावित भएका जनाइएको छ । 

अन्तिम अपडेट: चैत २२, २०८०

तपाईको प्रतिक्रिया