आईसीसी नयाँ महिला टी-२० वरीयता : नेपालबाट काे काे कति नम्बरमा परे?

 फागुन ३, २०७६ शनिबार १०:४१:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसीले सार्वजनिक गरेको नयाँ टी-२० को विश्व वरीयतामा नेपालबाट २ महिला खेलाडीले स्थान बनाएका छन ।

जसमा अलराउण्डरमा नेपालकी सिता रानामगर ६२ औँ स्थानमा छिन् । उनको ६८ रेटिङ पोइन्ट पाएकी छिन् । ब्याटिङमा पनि २६१ पोइन्टसहित सिता नै ९० औँ स्थानमा छिन् । 

यस्तै बलिङमा नेपालबाट नेरी थापा ९६ औँ स्थानमा छिन । नेरीले कुल तीन सय १२ पोइन्ट प्राप्त गरेकी छिन् । टिमको वरीयतामा नेपाल १४ औँ स्थानमा छ ।

नेपालभन्दा पछाडि नेदरल्याण्ड्स, पीएनजी, यूएई र केन्या रहेका छन ।

नेपालकाे २० खेलमा दुई हजार पाँच सय ७६ अंकसहित १ सय २९ रेटिङ रहेको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया