इशान्त शर्मा चाेटमुक्त : न्युजिल्यान्डविरुद्धकाे टेस्टका लागि टिममा फर्कँदै

 फागुन ४, २०७६ आइतबार १६:३:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतीय टीमका तीव्र बलर इशान्त शर्मा न्युजिल्यान्डविरुद्ध टेस्ट म्याचका लागि टिममा फर्कने छन् ।

इशान्त शर्माले ट्वीट गरेर आफू पूर्ण रुपमा फिट भएको र टिममा फर्कने बताएका हुन् । उनले आफ्ना ट्वीटमा एनसीएका आशीष कौशिकलाई धन्यवाद दिए जस्ले उनलाई चाेटबाट निको हुन मद्दत गरेका थिए ।

इशान्त शर्मा जनवरीमा विदर्भविरुद्ध रणजी ट्रफी म्याचमा घाइते भएका थिए । उनलाई ६ हप्ता आराम गर्न भनिएको थियो । अब उनी पूर्ण रुपमा स्वस्थ भएका छन् र टिममा फिर्ता हुने तयारीमा रहेका छन् ।

इशान्त एक अनुभवी बलर हुन् र उनले धेरै पटक न्युजिल्यान्डविरुद्ध खेलिसकेका छन् । न्युजिल्यान्ड र भारतबीच दुई टेस्ट श्रृंखलाको पहिलो खेल २१ फेब्रुअरीदेखि हुनेछ ।

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया