डाक्टर केसी अनसनमा बस्नु आवश्यक छैन : मन्त्री पोखरेल

 साउन ८, २०७५ मंगलबार १९:४९:७ | रासस
unn.prixa.net

सिरहा – शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले डाक्टर गोविन्द केसी अनसनमा बस्नुको कुनै आवश्यकता नभएको बताउनुभएको छ । 

सप्तरी सुरुङ्गा नगरपालिकाले मंगलबार आयोजना गरेको शतप्रतिशत विद्यार्थी विद्यालय भर्ना घोषणासभालाई सम्बोधन गर्दै उहाँले चिकित्सा क्षेत्रसम्बन्धी केदारभक्त माथेमा प्रतिवेदनकै आधारमा विधेयक बनाई संसदमा पेश गरेकाले डाक्टर केसीले अनशन बस्नुको कुनै आवश्यकता नरहेको बताउनुभयो । 

‘माथेमा आयोगले दिएको प्रतिवेदनअनुसार बनाइएको चिकित्सा शिक्षा अध्यादेशमा थोरै परिमार्जन गरेर संसद्मा पेश गरेका छौँ’, मन्त्री पोखरेलले भन्नुभयो, ‘यसमा केही सुधार गर्नुपर्ने भए डा केसीको सुझावलाई पनि समेट्न सरकार तयार छ, वार्ता र संवादबाट समस्याको हल खोज्दा उपयुक्त हुन्छ ।’ 

उहाँले डाक्टर केसीलाई जुम्लाबाट काठमाडौँ ल्याउने क्रममा सामान्य बल मात्रै प्रयोग भए पनि गोली चल्यो भनेर नेपाली समाजलाई भ्रमित बनाउने काम गरिएको प्रतिअसन्तुष्टि व्यक्त गर्दै ‘हुँदै नभएको घटनालाई सञ्चार माध्यमले प्रचारबाजी गरिएको छ, त्यो बिल्कुलै गलत हो’ भन्नुभयो । 

मन्त्री पोखरेलले केसीलाई लिन गएको प्रदेश सरकारको टोलीलाई अवरोध गरेपछि प्रहरीले सामान्य बल मात्रै प्रयोग गरेपनि मिडियाले गोली चलेको, दमन गरेको जस्ता उत्तेजित शब्दको प्रयोग गरेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । 

समाज र मुलुकलाई समृद्ध बनाउन प्रविधि, व्यावसायिक र रोजगारमूलक शिक्षाको आवश्यकता रहेको बताउँदै उहाँले स्कूलदेखि नै जीवनपयोगी शिक्षाको पाठ्यक्रम तयार भइरहेको समेत जानकारी दिनुभयो । 

मन्त्री पोखरेलले जनप्रतिनिधिले पनि कुनै व्यक्ति जागिर नपाएपछि शिक्षक बनाउने विगतको जस्तो प्रथालाई निरन्तरता दिए शिक्षा क्षेत्र झन् बर्बाद हुने टिप्पणी गर्नुभयो । 

नगर प्रमुख मुक्तिनाथ चौधरीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरी, प्रदेशसभा सदस्य रुवी कर्ण, शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेल, सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल लगायतले शिक्षाको महत्वका विविध पक्षमाथि प्रकाश पार्नुभयो ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया