अभिषेक र ऐश्वर्याको ‘झगडा’को खबर कसरी परालको आगो झैँ फैलियो ?

 साउन ८, २०७५ मंगलबार २०:१६:४३ | एजेन्सी
unn.prixa.net

बलिउड फिल्म उद्योगमा अहिले अभिनेता अभिषेक बच्चन र ऐश्वर्या राय बच्चनबीचको झगडाको खबर परालको आगो झैँ फैलिरहेको छ ।

तर यस खबरलाई गलत भन्दै अभिनेता अभिषेक बच्चनले सबैको मुख बन्द गरिदिएका छन् । अभिषेक बच्चनले यस किसिमको झुठो खबर प्रकाशित गर्ने एक वेबसाइटलाई कडा जवाफ दिएका छन् । 

केही दिन अगाडि अभिषेक बच्चन र ऐश्वर्या रायको एक भिडियो सार्वजनिक भएको थियो । जसमा अभिषेक बच्चन उनकी पत्नी ऐश्वर्या राय र छोरी आराध्याका साथमा एयरपोर्टबाट निस्किरहेका थिए ।

भिडियोमा ऐश्वर्या छोरी आराध्याको हात समात्दै अगाडि बढिरहेकी देखिन्छिन् भने अभिषेक बच्चन उनीहरु भन्दा केही अगाडि हिँडिरहेका देखिन्छन् । त्यही भिडियो सार्वजनिक गर्दै त्यस वेबसाइटले अभिषेक र ऐश्वर्याबीच झगडा भएको भन्दै खबर सार्वजनिक गरेको थियो । साथमा ऐश्वर्याले अभिषेकलाई छोरी आराध्याको हात थाम्न नदिएको भन्दै किटानीका साथ खबर सार्वजनिक गरेको थियो । 

यस किसिमको खबरबाट अभिषेक बच्चनले सामाजिक सञ्जालमा उनको रिस पोखेका छन् । उनले लेखेका छन्, ‘म सम्मानका साथ भन्दैछु कि गलत कहानी बनाउनबाट बच्नुहोस् । म लगातार पोष्ट गर्नुपर्ने आवश्यकतालाई राम्रोसँग बुझ्दछु । तर यदि तपाईँ पूर्ण जिम्मेवारी र कसैलाई ठेस नपुर्‍याउने उद्देश्यका साथ यस्तो गर्नुहुन्छ भने मात्रै त्यो काम सराहनीय हुनेछ । धन्यवाद ।’

 

वास्तवमा अभिषेक बच्चन श्रीमती ऐश्वर्या राय बच्चन र छोरी आराध्याका साथ लण्डनबाट फकिर्ने क्रममा एयरपोर्टमा मिडियाले भिडियो तथा तस्बिर लिएका थिए । त्यही भिडियो र तस्बिरका सार्वजनिक गर्दै अभिषेक बच्चन र ऐश्वर्या राय बच्चनबीच झगडा भएको कुरा भारतीय केही सञ्चारमाध्यमले सार्वजनिक गरेका थिए । 
 

 

#aishwaryaraibachchan #aradhyabachchan and #abhisbekbachchan arrival video @viralbhayani

A post shared by Viral Bhayani (@viralbhayani) on

 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया