स्पेनिस ला लिगा - रियल मड्रिड सेल्टासँग बराबरीमा रोकियो

 फागुन ५, २०७६ सोमबार ६:१२:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस ला लिगामा रियल मड्रिडले सेल्टा भिगोसँग बराबरीमा रोकिएको छ ।

सान्टी मिनाले खेल सकिनु पाँच मिनेटअघि गोल गरेपछि एक गोलको अग्रता लिएको रियल मड्रिड अंक बाँड्न बाध्य भएको हो ।

बराबरीपछि ला लिगा अंक तालिकामा रियल मड्रिडले जम्मा एक अंकको अग्रता लिएको छ । २४ खेलबाट रियलले ५३ अंक बनाएको छ भने दोस्रो स्थानको बार्सिलोनाको ५२ अंक छ । सेल्टा भने २१ अंकसहित १७औं स्थानमा छ ।

मड्रिडस्थित सान्टियागो बर्नाबाउमा भएको खेलको सातौं मिनेटमा फेडोर स्मोलोभले गोल गर्दै सेल्टालाई अग्रता दिलाएका थिए । त्यसपछि टोनी क्रुजले १६ यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत हुँदा ५२औं मिनेटमा रियलले खेल बराबरीमा पुर्यायो ।

६५औं मिनेटमा रियलले पेनाल्टी पायो । त्यो पेनाल्टीलाई सर्जियो रामोसले गोलमा परिणत गर्दै रियल मड्रिडलाई अग्रता दिलाए । बैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेको दोस्रो मिनेटमा नै मिनाले गोल गर्दै खेल बराबरीमा पुर्याए ।
 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया