आईपीएल : १३ वर्षका खेलाडी एक करोड १० लाख भारुमा अनुबन्ध
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – आईसीसी विश्व टी–२० वरीयतामा नेपाल १२औँ स्थानमा यथावत् रहेको छ । व्यक्तिगततर्फ करण केसी र सन्दीप लामिछानेले सुधार गर्दा पारस भने यथावत् स्थानमै रहेका छन् ।
आईसीसीको नयाँ वरीयतामा अलराउण्डरतर्फ पारस खड्का २७औँ स्थानमा यथावत् रहेका छन । करण केसी एक स्थान सुधार गर्दै ७४औँ स्थानमा पुगेका छन् । यस्तै सोमपाल कामी ६५औँ स्थानमा यथावत् रहेका छन् ।
ब्याटिङमा पनि पारस खड्का ६२औँ स्थानमा यथावत् रहेका छन् । एक महिनाभन्दा अगाडिको वरीयतामा पारस ६०औँ स्थानमा थिए ।
बलिङतर्फकाे वरीयतामा नेपालका एक्लो खेलाडी सन्दीप लामिछाने ८४औँ स्थानमा छन् । यसअघि उनी ८५औँ स्थानमा थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।