एकदिवसीय वरीयतामा नेपाल एक स्थानमाथि उक्लियो

 फागुन ५, २०७६ सोमबार २०:५९:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ - एकदिवसीय वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६औँ स्थानमा उक्लिएको हो । घरेलु मैदानमा भएको विश्वकप क्रिकेट लिग–२ मा नेपालले चार खेलमा दुईमा जित निकालेको थियो ।

नेपालले अमेरिकालाई दुई पटक हराउँदा ओमानसँग दुवै खेलमा पराजित भएको थियो । नयाँ वरीयतामा नेपालले १२ खेलमा २० अङ्क पाएको छ ।

नेपालभन्दा तल नामिबिया, यूएई, अमेरिका र पपुवा न्युगिनी रहेको छ 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया