झण्डै एक हप्तादेखि अवरुद्ध भएको राहदानी सेवा सञ्चालनमा
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिगअन्तर्गत सोमबार राति भएको खेलमा म्यान्चेस्टर युनाइटेड विजयी भएको छ ।
चेल्सीलाई उसैको मैदानमा दुई–शून्यले हराउँदै युनाइटेडले च्याम्पियन्स लिगमा स्थान बनाउने सम्भावना कायम राखेको छ । विवादास्पद खेलमा भिडियो एसिस्टेन्ट रेफ्रीले खेलको नतिजामा व्यापक प्रभाव पारेको थियो ।
पहिलो हाफमै म्यान्चेस्टर युनाइटेडका ह्यारी मागुइरेले मिची बात्शुआईलाई गम्भीर फल गरे पनि भीडियो एसिस्टेन्ट रेफ्रीले मान्यता दिएन ।
४५औँ मिनेटमा एन्थोनी मार्सियलले गोल गर्दै म्यान्चेस्टर सिटीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा चेल्सीका सब्सिच्युट खेलाडी कार्ट जोउमाले गोल फर्काए पनि भिडियो एसिस्टेन्ट रेफ्रीले गोलको मान्यता दिएन ।
६६औं मिनेटमा ह्यारी मागुइरेले गोल गर्दै म्यान्चेस्टर युनाइटेडको अग्रता दोब्बर बनाए । त्यसको १० मिनेटपछि चेल्सीका ओलिभर जिरुडको हेडर गोललाई पनि भिडियो एसिस्टेन्ट रेफ्रीले मान्यता दिएन ।
म्यान्चेस्टर युनाइटेड ३८ अङ्क बनाउँदै सातौँ स्थानमा उक्लिएको छ भने चेल्सी ४१ अङ्कसहित चौथो स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।