इलाम र बझाङका मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने
बैशाख १५, २०८१ शनिबार
काठमाण्डाै – लिभरपुल आउँदाे सिजनमा हुने च्याम्पियन्स लिगमा स्थान बनाउन सफल भएको छ ।
प्रिमियर लिगअन्तर्गत सोमबार राति भएको खेलमा चेल्सी म्यान्चेस्टर युनाइटेडसँग पराजित भएपछि लिभरपुलले १२ खेलअघि नै च्याम्पियन्स लिगमा स्थान बनाएको हो ।अब याे सिजनकाे बाँकी १२ वटै खेल हारे पनि लिभरपुल शीर्ष चारमा पर्ने पक्का भएको हो ।
लिभरपुलले दोस्रो स्थानको म्यान्चेस्टर सिटीविरुद्ध २५ अङ्कको अग्रता लिएको छ भने चोैथो स्थानको चेल्सीभन्दा ३५ अङ्कले अघि छ ।
युरोपेली महादेशको क्लब प्रतियोगिता च्याम्पियन्स लिगको आउँदाे अर्को संस्करणका लागि छनोट हुने लिभरपुल पहिलो टोली समेत बनेको छ । शीर्ष चारमा नपरेको भए पनि लिभरपुलले डिफेन्डिङ च्याम्पियनको नाताले समूह चरणमा स्थान बनाइसकेको थियो ।
च्याम्पियन्स लिगमा इङ्ग्ल्याण्डको शीर्ष डिभिजनबाट चार टिमले सहभागिता जनाउनेछन् । डिफेन्डिङ च्याम्पियन, युरोपा लिगको विजेताले स्वतः स्थान बनाउनेछन् ।
यस्तै इंग्ल्याण्ड, स्पेन, जर्मनी र इटालीको शीर्ष डिभिजनबाट चार–चार टिमले समूह चरण खेल्नेछन् । यस्तै दश देशका लिग च्याम्पियन, ६ वटा देशका उपविजेताले पनि समूह चरणमा प्रवेश पाउने प्रावधान छ ।