मेस्सी, ह्यामिल्टन र बिलेसलाई लरियस वर्ल्ड स्पोर्टसम्यान अफ दी इयरकाे अवार्ड

 फागुन ६, २०७६ मंगलबार १४:३४:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ  - लियोनल मेस्सी र लुइस ह्यामिल्टनले लरियस वर्ल्ड स्पोर्टसम्यानअफ दी इयरको उपाधि जितेका छन्। 

मंगलबार राति भएको कार्यक्रममा मेस्सी र ह्यामिल्टनले वर्षको उत्कृष्ट अवार्ड संयुक्त रुपमा जितेका हुन् । लरियस एकेडेमीका सदस्यको भोटिङका आधारमा दिइएको अवार्डमा मेस्सी र ह्यामिल्टनले शीर्ष स्थानमा रहेका हुन् । उनीहरुले टाइगर उड्स, रफायल नाडाल, मार्क माक्विज र इलीउड किप्चोगीलाई पछि पारे ।

ह्यामिल्टनलाई आर्सनलका पूर्वप्रशिक्षक आर्सने विंगरले अवार्ड दिए । मेस्सी भने अवार्ड कार्यक्रममा उपस्थित भएनन् । ६ पटकका बालाेन डीओर अवार्ड विजेता मेस्सीले बार्सिलोनालाई २६ औं पटक गत सिजनको उपाधि दिलाएका थिए ।

ह्यामिल्टनले छैटौँ पटक एफ वन को उपाधि जितेका थिए । यस्तै महिलातर्फ अमेरीकी जिम्नास्टिक खेलाडी सिमोनी बिलेस उत्कृष्ट भइन् । वल्र्ड जिम्नास्टिक च्याम्पियनसिपमा २५ वटा पदक जितेकी उनले १९ स्वर्ण, तीन रजत र तीन काश्य हात पारेकी थिइन ।

यस्तै दक्षिण अफ्रिकाको रग्बी टिम वर्षकाे उत्कृष्ट टिम बन्यो । उसले इंग्ल्याण्डलाई फाइनलमा हराउँदै रग्बी विश्वकपको उपाधि जितेको थियो ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया