आईपीएल : १३ वर्षका खेलाडी एक करोड १० लाख भारुमा अनुबन्ध
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै - नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले प्रदान गर्ने गरेको वर्षको उत्कृष्ट खेलाडी पुरस्कार अन्तर्गत आर्चरीमा तिलक पुन मगर उत्कृष्ट बनेका छन् ।
यस्तै एथ्लेटिक्समाअजित कुमार यादव उत्कृष्ट ठहरिए । उनले युथ एशियाली खेलमा नेपाललाई ऐतिहासिक पदक दिलाएका थिए । स्वास्थ्यका कारण घरेलु भूमिमा भएको दक्षिण एशियाली खेलकुद गुमाएका उनी पछिल्लो पटक मध्यम दूरीमा अब्बल खेलाडी मानिन्छन् ।
यस्तै ब्याटमिन्टनमा दिपेश धामी, बास्केटबलमा मनिश उपाध्याय, बक्सिङमा पुनम रावलअवार्ड जिते । रावलले महिला बक्सिङमा पछिल्लो पटक उत्कृष्ट प्रदर्शन गर्दै आएकी छिन् ।
यस्तै फेन्सिङतर्फ वर्ष ओमकार सिंह, फुटबलतर्फ त्रिभुवन आर्मीका भरत खवास उत्कृष्ट घाेषित भए । नेपाली राष्ट्रिय टिमका स्ट्राइकर खवास हालैमात्र ए डिभिजन लिगमा उत्कृष्ट स्ट्राइकर बनेका थिए । उनलाई पूर्व कप्तान हरी खड्का र राजुकाजी शाक्यले अवार्ड प्रदान गरे ।
त्यस्तै, गल्फतर्फ टंकबहादुर कार्की तथा जुडोमा इन्द्र श्रेष्ठ उत्कृष्ट भए । उनलाई नेपाल जुडो संघका अध्यक्ष दिपकहर्ष बज्राचार्यले अवार्ड प्रदान गर्नुभयाे ।
कबड्डीमा मेनुका कुमारी राजवंशीले, कराँतेमा विजय श्रेष्ठ, कुराश खेलमा उपेन्द्र थापा, लन टेनिस तर्फ प्रेरणा कोइराला उत्कृष्ट खेलाडी बने ।
यसै क्रममा इन्डोनेसियाको जाकार्तामा एशियाडमा रजत जितेकाे नेपाली प्याराग्लाइडिङ टाेलीमा सम्मिलित विमल अधिकारी उत्कृष बने भने पेन्याक्स्ल्याण्टका उत्कृष्ट खेलाडी गोविन्द चौधरी बने ।
विजेतासबैलाई जनही दश हजार रूपैयाँ प्रदान गरिएकाे थियाे ।
कार्यक्रममा मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले अर्को संस्करण थिमीमा गर्ने घोषणा गर्नुभयाे । यसअघि यो कार्यक्रम टोखा र भक्तपुरमा भइसकेकाे छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।