झण्डै एक हप्तादेखि अवरुद्ध भएको राहदानी सेवा सञ्चालनमा
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – डिफेन्डिङ च्याम्पियन लिभरपुल च्याम्पियन्स लिगको प्रिक्वार्टर–फाइनलको पहिलो लेगमा पराजित भएको छ ।
एट्लेटिको मड्रिडको मैदानमा भएको खेलमा सउल नियुएजको सुरुवाती गोल निर्णायक बन्दा लिभरपुल घरेलु टोलीसँग एक–शून्यले स्तब्ध भयो ।
निगुएजले खेलको चौथो मिनेटमा नै गोल गरेका थिए । खेलको अधिकांश समय बलमा पकड जमाए पनि लिभरपुलले गोल भने गर्न सकेन ।
लिभरपुलले खेलमा फर्किने मौका पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन । मोहम्मद सलाहको प्रहार पाेस्टबाट बाहिरियो । जोर्डन हेन्डरसनले पनि पाएको मौका गुमाउन पुगे ।
बेन्चबाट आएका डिभोक ओरिगी र एलेक्स च्याम्बरलिनले पनि खेलमा प्रभाव जमाउन सकेनन् ।
अर्को खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन जर्मन क्लब बोरुसिया डर्टमण्डसँग पराजित भएको छ । १९ वर्षे इर्लिङ हाल्याण्डले दुई गोल गर्दा घरेलु मैदानमा डर्टमण्डले पीएसजीलाई दुई–एकले पराजित गर्यो ।
पहिलो हाफ गोलरहित बनेको खेलको ६९औँ मिनेटमा हाल्याण्डले रिबाउण्डमा आएको बललाई गोल गरेका थिए । ७५औँ मिनेटमा पीएसजी खेलमा फर्कियो । नेयमारले एमबाप्पेको क्रसलाई गोलमा परिणत गरे ।
त्यसको दुई मिनेट पनि बित्न नपाउँदै हाल्याण्डले फेरि गोल गरे । उनले २० यार्ड टाढाबाट प्रहार गरेको 'लेफ्ट फुटेड शट' गोलमा परिणत गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।