बैतडीमा घुससहित एक इन्जिनियर पक्राउ

 फागुन ७, २०७६ बुधबार १८:५३:५० | जयराज अवस्थी
unn.prixa.net

बैतडी - बैतडीमा घुससहित एक इन्जिनियर पक्राउ परेका छन् ।

जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पाटन बैतडीका निमित्त कार्यालय प्रमुख समेत रहेका इन्जिनियर सुरेशराज भट्ट घुस रकम सहित पक्राउ रंगेहात परेका हुन् ।

उहाँलाइ बुधबार बिहान चमेलिया नदी नियन्त्रण तथा तटबन्ध आयोजना उपभोक्ता समितिबाट घुस माग्दै गरेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको हो । उहाँलाइ घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कन्चनपुरका सूचना अधिकारी तोपबहादुर बिष्टले जनाकारी दिनुभयो । 

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कन्चनपुरबाट खटिएको प्रहरी निरीक्षक बिनोद श्रेष्ठ नेतृत्वको टोलीले इन्जिनियर भट्टलाइ पक्राउ गरेको हो । उहाँलाइ कञ्चनपुर लगेर कारबाही प्रक्रिया सुरु गरिने सूचना अधिकारी बिष्टले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: चैत १४, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया