टुकीको भरमा भविष्य खोज्दै मुहसर समुदायका बालबालिका

 साउन ९, २०७५ बुधबार ११:१६:५७ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – महोत्तरी सोनमा गाँउपालिका सुन्दपुर , मैनटोलका मुसहर समुदायका स–साना बालबालिकाहरु नियमित रुपमा विद्यालय जान थालेका छन् । तर उनीहरुलाई विद्यालयमा शिक्षकले दिएको गृहकार्य गर्न सजिलो छैन ।

घरमा बिजुली वत्तीको व्यवस्था नभएपछि रातिमा टुकीको भरमा विद्यालयमा दिएको गृहकार्यमा जुट्छन यो समुदायका २ सय बालबालिकाहरु  ।

विद्यालयमा दिएको गृहकार्य उनीहरु प्रत्येक साँझको समयमा सिसाको बोतलमा मट्टितेल र झुमुरो हालेर बनाइएको टुकीबत्ती बालेर पढ्ने गर्दछन् । जसबाट निस्केको कालो मुस्लोले उनीहरुको स्वास्थ्यमा समेत उत्तिकै प्रतिकुल असर पर्दै आएको छ ।

सम्पतिको नाममा सानो झुपडी भएको यो वस्तीका मुसहरहरु आफ्ना बालबालिकालाई स्थानिय दलित प्राथामिक विद्यालयमा नियमित रुपमा पढाउने गर्दछन् । टुकीको भरमा बालबालिकालाई साँझको समयमा पढाउनमा निकै नै कठिनाई हुँदै आएको स्थानिय तपेश्वर सदाले बताउनुभयो । साँझको समयमा टुकी बालेर गृहकार्य गर्ने समयमा हावाहुरीले बत्ती निभाइदिँदा त्यसदिन बालबालिकाहरु पढ्नबाट वञ्चित हुँदै आएको तपेश्वर सदाले बताउनुभयो । 

त्यस्तै बालबाालिकाको लापरवाहीको कारण आगलगीको सम्भवना पनि उत्तिकै रहँदै आएको अर्का अभिभावक फगु सदाको भनाइ छ । तीन चार पुस्तापछि विभिन्न सचेतनामुलक जनजागरण अभियानको प्रभावले सो वस्तीका मुसहरहरुले आ–आफ्ना बालबालिकालाई नजिकै रहेको दलित प्राथमिक विद्यालयमा पढाउने गर्दछन् ।

सम्बन्धित सरोकारवाला निकायले अन्य समुदायको तुलनामा यस दलित बस्तीलाई अपेक्षाकृत व्यवहार गरेको जितेन्द्र कुमार सहनीले दाबी गर्नुभयो ।

स्थानियहरुले ५ वर्ष पहिले जनश्रमदान तथा चन्दा संकलन गरी गाँउमा बिजुलीको पोल गाडे पनि बत्ती बाल्ने सपना पूरा हुन नसकेको स्थानीय रामेश्वर सदाले बताउनुभयो ।

३ सय घरपरिवार रहेको यो बस्तीमा २ सय को हाराहारीमा मुसहर समुदायका बालबालिका नजिकैको विद्यालयमा पढ्दै आइरहेका छन् ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया