सरकार सञ्चालनमा कुनै समस्या नरहेको उच्चस्तरीय संयन्त्रको निष्कर्ष

 वैशाख ४, २०८२ बिहीबार ६:८:३१ | रासस
unn.prixa.net

काठमाण्डौ – सत्ता गठबन्धन दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा देशको समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बेलुकी भएको बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम र सरकारको कामबारे समीक्षा भएको हो ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै गृहमन्त्री रमेश लेखकले सत्ता सञ्चालनका विषयमा कांग्रेस र एमालेबीच कुनै समस्या नरहेको बताउनुभयो ।

बाहिर जुन ढङ्गले कुरा आइरहेको छ, त्यस्तो कुनै समस्या नभएको दुई शीर्ष नेतासहितको बैठकमा सौहार्दपूर्ण  र सकारात्मक कुराकानी भएको जानकारी दिनुभयो ।

सरकारको कार्यशैली र गठबन्धनको विषयमा उठेका विभिन्न विषयहरुलाई साझा संवादबाट टुङ्गो लगाउने समझदारी भएको छ ।

सत्तारुढ दलकै नेताहरुले सरकार र प्रधानमन्त्रीको कार्यशैलीबारे आलोचना गरिरहेको भन्दै बैठकमा कुरा भएको थियो ।

गृहमन्त्री लेखकले शिक्षकको माग चाँडो सम्बोधनका लागि सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले संसदको आगामी अधिवेशनबाट शिक्षासम्बन्धी विधेयक टुङ्गो लाग्ने विश्वास व्यक्त गर्नुभयो ।

बैठकमा प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित संयन्त्रका नेताहरू सहभागी हुनुहुन्थ्यो । 

अन्तिम अपडेट: बैशाख ६, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया