पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
कास्की - १८ औँ संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको पुरस्कार राशि वृद्धि गरेर १० लाख पुर्याइएको छ ।
सहारा क्लबले शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगिताकाे पुरस्कार वृद्धि गरिएकाे जानकारी दिएको हो ।
गएका वर्ष ८ लाख १ हजार प्रदान गरिएकोमा यो वर्ष २ लाख बढाएर १० लाख १ हजारको साथमा शिल्ड, पदक र प्रमाणपत्र प्रदान गरिने क्लबकाअध्यक्ष केशवबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताको उपविजेताले ५ लाख १ हजार साथमा शिल्ड,पदक र प्रमाणपत्र पाउनेछन्।
फागुनको २२ गतेदेखि चैतको १ गतेसम्म सञ्चालनहुने प्रतियोगितामा ’ए’ डिभिजनका ७ क्लबसहित १० टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगितामा साविक विजेता थ्री स्टार र ’ए’ डिभिजनका उपविजेता त्रिभुवनआर्मीसहितमनाङ मर्स्याङ्दी क्लब, ब्रिगेड ब्वाइज क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब र संकटा क्लबले खेल्नेछन् ।
यस्तै झापा ११, भारतको ग्याङ्टक सिटी फुटबल क्लब र आयोजक सहारा क्लब पोखराले प्रतिस्पर्धा गर्नेछन् ।
हिमश्री फुड्स प्रा. लि. को उत्पादनआहा तथा रारा तयारी चाउचाउ मुख्य प्रायोजक रहेको प्रतियोगितामा बचत हुनआएको रकम क्लबबाट सञ्चालित सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ। हाल तेस्रो ब्याचको एकेडेमीमा १४ जिल्लाका २४ जनाबालकहरु आश्रित छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कास्कीका उज्यालो सहकर्मी सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।