स्थायी बासस्थानको आशामा बित्यो काभ्रेका बाढीपहिरो पीडितको एक ...
कात्तिक १६, २०८१ शुक्रबार
अगस्ट ३१ गते रिलिजको तयारीमा रहेको अमर कौशिक निर्देशित हरर कमेडी फिल्म “स्त्री” को बजार प्रवर्द्धनका लागि फिल्मका कलाकारहरु श्रद्धा कपूर र राजकुमार रावले आफ्ना इन्स्टाग्रामका सम्पूर्ण फोटोहरु डिलिट गरेका छन् ।
श्रद्धाले ईन्स्टामा आफ्नो एकाउन्टका फोटोहरु डिलिट गर्दै केवल “मर्दको दर्द होगा”भन्नेप्रवर्द्धनात्मक कोलाज मात्रै राखेको केही दिन पछि उक्त फिल्मका मुख्य अभिनेता राजकुमार रावले समेत सोही बाटो पछयाउदै आफ्नो ईन्स्टा एकाउन्टमा केवल “ओ स्त्री कल आना”भन्ने प्रवर्द्धनात्मक कोलाज राखेका छन् ।
फिल्म रिलिज ताका अनेक फन्डा अपनाएर दर्शक हरुको ध्यान तान्न खप्पिस बलिउड कर्मीहरुका सूत्रहरु कतिपय अवस्थामा सफल त कतिपय अवस्थामा असफल समेत हुने गरेका छन् । अब श्रद्धा र राजकुमारको यो फन्डाले कति काम ग¥यो भन्ने त फिल्म प्रर्दशन पछि मात्रै थाहा हुने छ ।
फिल्म“स्त्री” १९९० तिर भारतको कर्नाटक राज्यमा निकै चर्चित मिथक “नाले बा” मा आधारित रहेको छ ।
“नाले बा” को अर्थ भोली आउनु भन्ने बुझिन्छ, मिथक अनुसार एक चुँडेल १९९० ताका कर्नाटकमा गल्लिहरुमा रातीको समयमा घुमीरहन्थी र घर घरको ढोका मा छिमेकीको आवाज निकाली छिमेकी लाई बाहिर बोलाउथी र जो कोही सो चुँडेलको बोलावटमा बाहिर आयो उस्को ज्यान जान्थ्यो, त्यसैले चुँडेलबाट बच्न स्थानीयहरुले रातीको समयमा आफ्नो घरको ढोकामा “नाले बा”, “ओ स्त्री कल आना” अर्थात भोलि आउनु भनी लेखेर टाँस्दथे ।
फिल्ममा राजकुमार रावले एक दर्जीको भूमिका निर्वाह गरेका छन् भने श्रद्धा एक रहस्यमयी युवतीको भूमिकामा छिन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।